असोज ११, २०८३ आइतबार September 27, 2026

भाइरल ज्वरोका कारण पाँच दिन सम्म विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः डोटीको दक्षिणी भेगस्थित बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि त्यहाँका विद्यालय पाँच दिन सम्मका लागि बन्द गरिएको छ । विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण त्यस क्षेत्रमा रहेका तीन विद्यालय बन्द गरेका हुन् ।

गगुडास्थित मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिए । विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्यालय बन्द गरिएको उनले बताए ।

विद्यार्थीमा भाइरल ज्वरोको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि विद्यालयमा विद्यार्थी आउनै नसक्ने वातावरणको सिर्जना भएकाले त्यसलाई निराकरण गर्न विद्यालय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको वडाध्यक्ष वीरेन्द्र चन्दले बताए ।

केही दिनयता सो क्षेत्रका विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्नेजस्ता समस्या देखिन थालेका छन् । -खबरइजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार