वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’लाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’ क्लबले हात पारेको छ । चन्द्रागिरि थानकोट गोदाममा रहेको पिम्फली खेल मैदानमा आइतबार साँझ सम्पन्न तेस्रो थानकोट गोल्डकपमा तिनथाना युथ क्लबलाई हराउँदै ब्रदर्शले उपाधि हात पारेको हो ।

उक्त गोल्डकपको विजेतासँगै ब्रदर्श क्बलले रु ८० हजार पुरस्कार जित्न सफल भएको छ । शुरूदेखि दबाब राख्न सफल भएको ब्रदर्श २–० ले हराउँदै विजेता टिम बन्न सफल भएको हो ।

चन्द्रागिरि नगरपालिकाभित्रका स्थानीय २४ वटा टोलीलाई पछि पार्दै उई आर ब्रदर्श र तिनथाना युथ क्लब फाइनलमा पुगेका थिए । उपविजेता तिनथाना युथ क्लबले रु ४५ हजार प्राप्त गरेको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर लगायतलाई जनही रु पाँच-पाँच हजार नगद पुरस्कार राशि प्रदान गरिएको थियो ।

नगद पुरस्कार र ट्रफि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रदान गरे । कार्यक्रममा नगर प्रमुख गिरीले चन्द्रागिरिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइरहेका हुादा खेलकूद र खेलाडीको विकासका लागि नगरबाट उचित काम भइरहेको बताए । उनले खेलकूदको माध्यमबाट समाज र राष्ट्रको नाम विश्वजगत्मा राख्ने हुँदा  खेलाडीको उच्च सम्मानका साथै विविध गतिविधिमा ध्यान दिइरहेको उल्लेख गरे। तेस्रो थानकोट गोल्डकप फुटबल प्रतियोगिता गत फागुन २७ बाट शुरू भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया