मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय क्रिकेट शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इङ्ल्यान्ड र भारतबीचको पहिलो एकदिवसीय क्रिकेट भारतको पुणेमा शुरु भएको छ। इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङ राेजेकाे छन् । यी दुई टिमबीच तीन वटा एकदिवसीय क्रिकेट खेल हुँदैछन् ।

पाँच खेलको टी-२० क्रिकेट शृंखला ३–२ ले हारेको इङ्ल्यान्डले मोइन अलि र साम बिलिङ्सलाई टिममा पुनः बोलाएको छ ।

भारतीय टिममा पनि अलराउन्डर क्रुनाल पान्ड्या र मध्य तिब्र गतिका बलर प्रसिध कृष्णलाई पहिलो पटक अवसर दिइएको छ । विकेट किपरको भूमिकामा रहने केएल राहुलले पाँचौं क्रममा ब्याटिङ गर्नेछन्। भारतीय कप्तान विराट कोहलीले आफूहरुले ब्याटिङ गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।

भारतीय टिममा रोहित शर्मा, शिखर धवन, श्रेयस ऐयर, विराट कोहली, केएल राहुल, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, कुलदीप यादव र प्रसिध कृष्ण रहेका छन् ।

यस्तै, इङ्ल्यान्ड टिममा जेसन रोय, जोन्नी बेयरस्ट, बेन स्टोक्स, इअन मोर्गन, जस बटलर, साम बिलिङ्स, मोइन अलि, साम कुरान, टम कुरान, अदिल रशिद र मार्क उड रहेका छन् ।

भारतले तेस्रो ओभरको खेल सकिँदा बिनाक्षति १० रन बनाएको छ । प्रारम्भिक ब्याट्सम्यानका रुपमा शिखर धवन र रोहित शर्मा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार