जेठ २३, २०८३ शनिबार June 6, 2026

सांसदलाई पर्यटनमन्त्रीको जवाफ : एयरपोर्टमा भीआईपी सुविधा नपाउँदैमा सानो भइँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा सानो नठान्न सांसदहरुलाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा उनले भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा सानो नठान्न आग्रह गरेका छन ।

बैठकमा सांसदहरुले विमानस्थलका सुरक्षाकर्मी र कर्मचारीले सांसदलाई नचिनेर चेक गर्ने, कडा बोल्ने, मर्यादा नगर्ने गरेको भन्दै पर्यटनमन्त्रीसँग गुनासो गरेका थिए ।

जवाफमा मन्त्री भट्टराईले भीआईपी कक्ष प्रयोगलाई प्रतिष्ठासँग जोड्न नहुने आग्रह गरेका थिए । म मन्त्री हुनुअगाडि त्रिभुवन विमानस्थलमा कहिले पनि भीआईपी मार्ग प्रयोग गरिन, सधैं सामान्य नागरिकसरह यात्रा गरेँ, त्यसरी यात्रा गर्दा सानो भइदैन’ उनले भने ।

भीआईपी सुविधा प्रयोगका लागि मापदण्ड रहेको भन्दै मन्त्री भट्टराईले त्यसलाई पालना गर्न आग्रह गरेका छन । मापदण्डमा कसले कति जना सम्म आफन्त लैजाने भन्ने प्रष्ट छ, त्यसलाई पालना गरौ उनले भने, मापदण्ड विपरीत गर्न खोज्दा कर्मचारीलाई धम्क्याउने, जागिर खाइदिन्छु भन्दै थर्काउने प्रचलन छ, यस्तो नगरौं । भीआईपीले आफ्नो चेतना बढाएको अवस्था मात्र पनि धेरै समस्या समाधान हुने मन्त्री भट्टराईले बताएका छन ।

छलफलमा सांसदहरुले विमानस्थलमा विद्यमान समस्या, नेपाल वायुसेवा निगमको सुधार, बन्दै गरेका विमानस्थल पूर्वाधार, उडान अवतरणमा भइरहेको डिले जस्ता विषयमा सरकारको धारणा मागेका थिए । पर्यटन मन्त्रालयका सचिब केदारबहादुर अधिकारीले पूर्वाधार निर्माणका काम जारी रहेका कारण केही समय सास्ती हुने उल्लेख गरेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार