असोज ११, २०८३ आइतबार September 27, 2026

कानुन संकायको पुनः प्रवेश परीक्षा नलिन उच्च अदालतको अन्तरिम आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीए एलएलबीको पुनः प्रवेश परीक्षा नगराउन उच्च अदालत सुर्खेतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

विद्यार्थीहरुको माग अनुसार सो परिक्षा रद्द गर्न उच्च अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र खरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि गत फागुन १७ गतेदेखि १९ सम्म प्रवेश परीक्षा लिएको थियो । तर, उक्त प्रवेश परीक्षा विवादित भएपश्चात् विश्वविद्यालयको कार्यकारी परिषद्ले नतिजा समेत रद्द गरी चैत २२ गतेका लागि पुनः प्रवेश परीक्षा तोकेको थियो ।

विद्यार्थीले पहिलेकै प्रवेश परीक्षाको नतिजालाई मान्यता दिन र पुनः प्रवेश परीक्षा रोक्न माग गर्दै कार्यकारी परिषद्को निर्णयविरुद्ध प्रवेश परीक्षा उतीर्ण भएका विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट दिएका थिए । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार