श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

राष्ट्र गौरवको विषयलाई मुख्य समाचार बनाउन सभाअध्यक्ष तिमिल्सिनाको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाएर अन्तराष्ट्रिय समुदायसम्म पुर्याउन सञ्चार जगतले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

सातौं अधिवेशनबाट निर्वाचन संसदीय मामिला पत्रकार समाजको नयाँ कार्यसमितिलाई शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण समारोहमा आज उनले सकारात्मक विषयलाई केन्द्रमा राखेर पत्रकारले कलम चलाउनुपर्ने बताए ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिदैँ नयाँलाई कार्यकाल सफलताको शुभकामना दिए। समाजका नव निर्वाचित अध्यक्ष सञ्जिव बगालेले संसदीय समाचार सङ्कलनका क्रममा भएका समस्यालाई सामुहिक रुपमा समाधान गर्नका लागि आफ्नो नेतृत्व सधै तयार रहने प्रतिबद्धता जनाए ।

यही चैत १४ गते भएको निर्वाचनमा बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो । समाजका उपसभापतिमा डीपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिलेलाई चयन गरिएको थियो ।

समाजको सातौँ अधिवेशनबाट कार्यसमितिका सदस्यमा रोशन सापकोटा, सविता शर्मा, अङ्गराज न्यौपाने, किरण दाहाल, शम्भुु दङ्गाल, आकाश घिमिरे, केशवबहादुर भूल र अमरदीप श्रेष्ठ दुुई वर्षे कार्यकालका लागि निर्वाचित भएका छन् ।

संसद् र संसदीय समितिलाई मुख्य बिट बनाएर समाचार लेख्ने तथा तस्वीर खिच्ने पत्रकारको साझा थलोका रुपमा समाज रहीआएको छ । उक्त समाजको पछिल्लो अद्यावधिकमा १३६ पत्रकार सदस्य कायम छन् । नवनिर्वाचित सबै पदाधिकारीलाई आज अध्यक्ष तिमिल्सिनाले प्रमाणपत्र प्रदान गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार