मंसिर २२, २०८० शुक्रबार December 8, 2023

तरुण दलको बन्दले बाँकेको जनजीवन प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गराएको छ । आफ्ना नेता/कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा तरुण दलले बन्द आह्वान गरेको हो ।

तरुण दल बाँके जिल्ला समितिले आह्वान गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । हतियारसहित पक्राउ परेको भनिएका नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहलाई रिहा गर्न माग गर्दै तरुण दलले बन्द आह्वान गरेको हो ।

प्रहरीले उनको साथबाट हतियार बरामद भएको भने पनि तरुण दलले भने त्यो हतियार प्रहरीकै भएको र आफ्ना कार्यकर्ताहरुलाई फसाउने झूठो आरोप लगाइएको दाबी गर्दै आएको छ ।

तरुण दलको नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहसहित राघव शाह, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापामगरलाई कोहलपुरका डिएसपी हेमबहादुर शाही नेतृत्वको टोलीले यही कात्तिक १४ गते बाँकेको जानकी गाउँपालिका(६ गनापुरस्थित नमस्ते रिसोर्टबाट पक्राउ गरेको थियो ।

रिसोर्टको पूर्वतर्फ पार्किङ गरिराखेको बा १८ च ४२११ नम्बरको कारको बायाँतर्फको सिटमा फल्स बटम बनाएर लुकाएर राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली बरामद भएको दाबी प्रहरीको छ ।

तरुण दलका नेताहरुले भने दशैंको बेला डिएसपी शाहीले खसी मागेको तर आफूहरुले नदिएको रिसमा लगाएर फसाएको आरोप लगाउादै आएका छन् । खसी मागेको अडियोसमेत सार्वजनिक भएपछि डिएसपी शाही विवादमा तानिएका छन् । उनीमाथि प्रहरी प्रधान कार्यालय र प्रदेश ५ प्रहरीले छुट्टा छुट्टै समिति बनाएर छानबिन गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार