मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको प्रवेश परीक्षा असारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१ को पहिलो चरणको परीक्षा आगामी असार १२ गते शनिबार हुने भएको छ ।

यही चैत २८ गते परीक्षा गर्ने सम्पूर्ण तयारी पूरा भइसकेकामा देशका विभिन्न स्थानबाट शिक्षक तथा विद्यार्थीले कोभिड–१९ ले सिर्जना गरेको परिस्थितिमा भाग लिन नसक्ने जानकारी गराएपछि केही समय सारिएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

देशभर परीक्षाका तयारी भए पनि कोरोना महामारी पुनः फैलन थालेकाले पछि सार्न अनुरोध भएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पहिलो चरणमा सहभागी विद्यार्थीको अन्तर्राष्ट्रिय सहभागिताको अवसर नगुम्ने गरी आउँदो असार १२ गते शनिबार परीक्षा सञ्चालन गर्ने निर्णय सोसाइटीको बैठकले गरेको उहाँले बताउनुभयो ।

यो निर्णयसँगै परीक्षाको आवेदन पुनः खुलाइएको छ । बैठकले आवेदन दिने अन्तिम मिति आउँदो असार ५ गतेसम्म कायम गरेको छ । इच्छुक विद्यार्थीले आफ्ना विद्यालय तथा विज्ञान शिक्षकमार्फत् वा सोझै सोसाइटीका प्रदेश संयोजकलाई आफ्ना आवेदन दिन सक्नेछन् । यसो गर्न पनि सम्भव नहुने विद्यार्थीको हकमा इमेलमार्फत आवेदन दर्ता गराउन सकिने व्यवस्था समेत गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार