असार २४, २०८२ मंगलबार July 8, 2025

सक्रिय संक्रमित ४ महिनायताकै उच्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सक्रिय कोरोना संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ५ हजार ८ जना सक्रिय संक्रमित छन् । यसमध्ये १ सय जना आईसीयू र ३८ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा एन्टिजेनसहित ६ हजार ५ सय ५८ जनाको परीक्षण गर्दा ९ महिने बालिकादेखि ९६ वर्षीय वृद्धसम्मका ९ सय जनामा संक्रमण पुष्टि भएको छ । २० देखि २९ वर्ष उमेर समूहका सबैभन्दा बढी २ सय ५ जना संक्रमित भएका छन् ।

शुक्रबारको संक्रमण दर १४ दशमलव ७२ प्रतिशत छ । संक्रमण दर बुधबार १२ दशमलव ७२, बिहीबार १२ दशमलव ८६ प्रतिशत थियो । ‘संक्रमण दर बढेकाले सावधानी अपनाउन बारम्बार आग्रह गर्दै आएका छौं,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । शुक्रबार संक्रमित देखिएकामा ९ महिनादेखि १८ वर्षसम्मका मात्रै ६९ जना छन् । यसमा ३३ बालिका र ३६ बालक छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ३२ जना बालबालिका संक्रमित भएका छन् ।

जोखिम कम गर्न मन्त्रालयले बिहीबार उपत्यकाका ३ सहित १४ जिल्लालाई अति प्रभावित सूचीमा राखेको थियो । ‘केही दिनयताको संक्रमण दरलाई आधार मानेर यी जिल्लामा विस्तार हुन नदिन अति प्रभावितमा वर्गीकरण गरेका हौं,’ उनले भने, ‘संक्रमित दर बढ्न नदिन यी जिल्लामा के नगर्ने भन्ने सूची नै सार्वजनिक गरेका छौं ।’ मन्त्रालयले यी जिल्लामा विद्यार्थी विद्यालय नपठाउन अभिभावकलाई अपिल गरेको छ । शिक्षा मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ ।

कोरोनाकै कारण भक्तपुरमा ६ कक्षामा पढ्ने ११ वर्षीय बालकको ज्यान गइसकेकाले सावधानी अपनाउन र अभिभावकलाई छोराछोरी विद्यालय नपठाउन आग्रह गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘यसअघि बालबालिकामा फाट्टफुट्टमात्रै संक्रमण देखिन्थ्यो,’ डा. अधिकारीले भने, ‘दोस्रो चरणमा भने संक्रमित हुनेमध्ये बालबालिका सरदर १० प्रतिशत छन् ।’कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार