असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस महाधिवेशन कार्यतालिका पुनः हेरफेर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेको छ । कांग्रेसले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत फेरि महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर गरेको हो ।

जसअनुसार क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको छ । यसअघि सो मिति गत चैत मसान्तसम्मका लागि निर्धारण गरिएको थियो भने त्यसअघि ११ चैतसम्म तोकिएको थियो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने अन्तिम म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको र त्यसपछि स्वतः प्रणाली बन्द हुने जानकारी दिए ।

‘क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने अन्तिम म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको छ, सो समयभित्र विवरण नआए प्रणालीले नै पछि विवरण लिने छैन, त्यसपछि स्वतः प्रणाली बन्द हुनेछ,’ कांग्रेस सहमहामन्त्री महतले कार्यतालिका परिवर्तनबारे जानकारी दिँदै  भने ।

विवरण अनलाइन प्रणालीमा पठाइसकेपछि पनि सोबारे औपचारिक जानकारी पार्टी केन्द्रलाई गराउनुपर्ने निर्णय बैठकले गरेको कांग्रेसले जनाएको छ ।

‘क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्रबमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्लासम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपि, सदस्यता शुल्क र लेवी रकमलगायतका कागजातसहित जिल्लाको प्रतिवेदन १७ वैशाख ५ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नुपर्नेछ ।’ बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका सदस्यको क्रियाशील सदस्यता समायोजन सम्बन्धमा ‘अन्य राजनीतिक दल समायोजन समितिको निर्णयअनुसार केन्द्रबाट जिल्लामा पठाउन बाँकी रहेका (अन्य पार्टीबाट आएका व्यक्ति, समायोजन वा वडामा न्यूनतम संख्या नपुगेका) क्रियाशील सदस्यताका फारम १५ वैशाखभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फारम सबै प्रक्रिया पूरा गरी जिल्ला कार्यसमितिले वैशाख मसान्तभित्र केन्द्रमा पु¥याइसक्नुपर्ने र त्यसको कम्प्युटर ‘इन्ट्री’ क्रियाशील सदस्यता छानबिन समितिले नै केन्द्रमा गर्नेगरी व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ । राजधानी दैनिक बाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार