मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७ रन बनायो । विश्व कीर्तिमान बनाउने क्रममा रहनुभएका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट हुनुभयो । उहाँले १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन बनाउनुभयो । यसअघिका तीन खेल(नेदरल्याण्डस, मलेसिया)मा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाउनुभएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट भने चुक्नुभयो ।

नेपालको पारिलाई कप्तान ज्ञानेन्द्र मल्ल र प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले सम्हाल्नुभयो । दुवै जनाबीच ७३ रनको साझेदारी भयो । सो क्रममा शेखले ४२ रनको योगदान दिनुभयो । उहाँले ३३ बल खेल्दै तीन छक्का र तीन चौका हान्नुुभयो । यस्तै कप्तान मल्लले २५ बलमा एक छक्का र चार चौका हान्दै ४१ रनको योगदान दिनुभयो ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाउनुभयो । उहाँले १७ बलमा एक छक्का र पाँचा चौका हान्नुभयो । यस्तै करण केसीले उत्कृष्ट ब्याटिङ गर्नुभयो । उहाँले मात्र १३ बलमा ४५ रनको योगदान दिनुभयो । सो क्रममा केसीले सात छक्का प्रहार गर्नुभयो । यस्तै कुशल मल्लले अविजित १९ रन बनाउनुभयो ।

बलिङतर्फ मलेसियाका लागि फित्री साम, अनवर रहमान र सयद अजिजले दुईदुई तथा मुहम्मद वफिकले एक विकेट लिनुभयो । अहिले मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाले केही बेरअघिसम्म सात ओभरमा दुई विकेट गुमाउँदै ५७ रन बनाएको छ । नेपालका लागि दुवै विकेट सोमपाल कामीले लिनुभएको हो । मलेसियाका लागि आजको खेल औपचारिकता मात्र हो । सिरिजका पुछारमा रहेको मलेसिया प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार