असार २४, २०८२ मंगलबार July 8, 2025

कारबाही रोक्न खनाल–नेपाल पक्ष सर्वोच्चमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफूहरूमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्न लागेको भन्दै त्यसलाई रोक्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ।

खनाल–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले स्पष्टीकरण सोध्दै प्रतिनिधिसभा सदस्यलाई कारबाही गरी सदस्यबाट निष्कासन गर्न थालेको दाबीसहित त्यसलाई रोक्न माग राखेर बिहीबार रिट निवेदन दर्ता गराएको हो।

उक्त समूहका तर्फबाट नेता नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायतले अध्यक्ष ओलीले २७ जना सांसदलाई स्पष्टीकरण सोधी कारबाही गर्न थालेकाले त्यसलाई रोक्न आदेश माग गर्दै रिट निवेदन दर्ता गराएका हुन्। निवेदकहरूले रिटमा आफूहरू २०७१ साल असारमा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादी (यसपछि एमाले मात्र भनिने) को नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्य भएको उल्लेख गरेका छन्।

रिट निवेदनमाथि आइतबार सुनुवाइ हुनेछ। निवेदनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, प्रतिनिधिसभाका सभामुख, उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेललाई विपक्षी बनाइएको छ। रिटमा पार्टी अध्यक्षले प्रतिनिधिसभा सदस्यलाई समेत कारबाही गर्नुलाई गैरकानुनी भएको भन्दै संघीय संसद् सचिवालयको नाममा परमादेशको आदेश जारी गर्न माग गरिएको छ। रिटमा आफूहरूलाई थप कारबाही गर्न अध्यक्ष ओलीले शुक्रबार अर्को बैठक राखेकाले त्यसलाई रोक्न माग गरिएको छ।

बैठकबाट थप कारबाही गरिने सार्वजनिक भएकोले त्यसलाई रोक्न अदालतबाट आदेश माग गरिएको हो। उनीहरूले निर्वाचन आयोगले समेत विवरण सच्याउने भएकाले रिट निवेदनको अन्तिम किनारा नलागेसम्म राजनीतक दलसम्बन्धी ऐन, २०७३ र पार्टी विधानविपरीत आफूहरूमाथि कारबाही गर्न लागिएकाले त्यसलाई रोक्न माग गरेका छन्।

रिटमा सर्वोच्च अदालतको आदेशबमोजिम पुनस्र्थापित भएको एमालेको केन्द्रीय कमिटी बैठक अविलम्ब डाक्न पनि आदेश जारीको माग गरिएको छ। गैरकानुनी, अनधिकृत निर्णयका आधारमा पार्टीका २७ जना नेता, कार्यकर्ता र प्रतिनिधिसभा सदस्यलाई सोधिएको स्पष्टीकरण खारेज गर्न निवेदनमा माग गरिएको छ। रिटमा भनिएको छ, ‘संसद् सदस्यसमेतबाट निष्कासन गर्न प्रारम्भ गरिएको कारबाही उत्प्रेषण, प्रतिषेधको आदेशद्वारा बदर एवं रोक्का गरी अन्य उपयुक्त आदेशसमेत जारी गरिपाऊँ।’नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार