असार २४, २०८२ मंगलबार July 8, 2025

कोभिडले दिएको पीडाः बेहुली लिन जाने दिनमा मलामी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एकै दिन दिदी भाइ एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलिमिलीले चिटिक्क देखिएको थियो । बिहेको तयारी गर्दै टेण्ट लगाएर सजाइएको माहोलमा एकाएक मौनता छायो । शनिवार बिहान भव्य तयारीका साथ जन्ती जाने साइत थियो तर परिवारका सबै सदस्य अचानक काठमाडौंतर्फ लाग्नुपर्ने बाध्यता आयो ।

उहाँहरु काठमाडौं हिँडेपछि बिहेको तयारी एकाएक रोकिएको छ । बिहे घरमा लगाइएको टेन्ट उतारिएको छ । जन्ती जानेका मनमा पीडा थपिएको छ । बिहेको रमाइलो माहोल सुरु हुन लाग्दा लाग्दै गर्दा कोरोना सङ्क्रमण भइ काठमाडौं उपचारमा रहेका घरको सदस्य काकाको मृत्यु भएपछि परिवार शोकमग्न भएको छ । वर्ष ५२ का मृतक जितपुरमा व्यव्साय गर्दै आउनुभएको थियो । दीर्घरोग र अन्य कुनै रोगको समस्या थिएन ।

स्थानीयका अनुसार केसी परिवारको घरमा ठूली छोरी र भाइको एक पटक बिहेको तयारी भएको थियो । कोरोना सङ्क्रमित रहेका काकाको स्वास्थ्य अवस्थामा सुधार नभएपछि छोरीलाई शुक्रवार राती नै विवाह गरी दिएका थिए । शनिवार छोराको जन्ती जाने कार्यक्रम थियो । तर बिहानै उपचारका क्रममा काठमाडौमा मृत्यु भएको खबरले जन्ती जानु अगाडि मृत्युको खवर आएपछि विवाहको काम रोकिएको छ ।

वाणगंगा नगरपालिकामा कोभिडको दोस्रो पटकको लहरले स्वस्थ, हट्टाकट्टा मानिसले ज्यान गुमाउनुपरेको छ । शनिवार बिहान निधन भएका केसीलाई दीर्घरोग र अन्य रोगको समस्या थिएन । उहाँको अप्रत्याशित देहान्तले कोरोनाले स्वस्थ्य मानिसलाई पनी मृत्यु गराउन सक्ने रहेछ भन्ने तथ्य उजागर गरेको छ ।

सोही नगरपालिकाका वडा नं। ४ राजापानीमा होटेल संचालन गरेका ३० वर्षीय हट्टाकट्टा युवक पनि कोरोनाको कारणले ज्यान गुमाउने परेको थियो । आँखा अगाडिका घटना बाहिर आउँदा पनि स्थानीय भने सचेत भएका छैनन् । हाल कपिलवस्तुमा १२० जना कोरोना सङ्क्रमित छन् ।

तीमध्ये आठ जना भेन्टिलेटर र १० जना आइसीयुमा उपचारका क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुमा हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । कोरोना बढ्दै जाँदा सरोकारबाला निकायले ठोस कदम चाल्न सकेका छैनन् ।

यता स्थानीय सरकारले भने विपतको जोखिम कम गर्नका लागि तत्परता देखाएका छैनन् । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार