असार २४, २०८२ मंगलबार July 8, 2025

सशस्त्रमा दुबै एआईजीको पदावधि एक वर्ष थपियो, कसलाई घाटा, कसलाई फाइदा ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अन्ततः सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी)को एक वर्ष पदावधि थप भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा दुुबै एआईजीको एक वर्ष पदावधि थप्न प्रक्रिया अघि बढाउन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई आज सोमबार निर्देशन दिएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले दुबैको म्याद थपेको हो ।

सशस्त्र प्रहरी बलमा पुष्पराम केसी र रामशरण पौडेल एआईजी छन् । उनीहरुको पदावधि थप्ने र नथप्ने विषयलाई लिएर शक्तिकेन्द्रबीच चर्काे लविंग हुँदै आएको थियो ।

सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक (डीआईजी) को पदावधि चार/चार वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ ।

तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको समयमा सशस्त्र प्रहरी नियमावली २०७२ आएको हो । नयाँ नियमावली आउनु अगाडि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पदावधि पाँच वर्ष रहेको थियो ।

तत्कालीन आईजीपी वन्तले एआईजी र डीआईजीलाई संगठन र नेतृत्वप्रति जिम्मेवार र अनुशासित बनाउन, कार्यसम्पादन राम्रो र क्षमता भएकालाई अगाडि बढाउने उद्धेश्यले नियमावलीमा चार जोड एकको व्यवस्था गरेका थिए ।

म्याद थप गरिएका दुबै जना एआईजी आईजीपी शैलेन्द्र खनालका व्याची हुन् । एक वर्ष म्याद थप भएकाले अब खनालपछि केसी थोरै समय सशस्त्रको नेतृत्वमा पुग्नेछन् । आईजीपी खनालको चार बर्से कार्यकाल आगामी २८ चैतमा सकिदै छ । त्यसपछि अर्काे वर्षको २० वैशाखसम्म केसी आईजीपी बन्नेछन् ।

सशस्त्रमा हाल एआईजीको दरबन्दी दुुई ओटा मात्रै रहेको छ । यही अवस्था रहेको अवस्थामा हाल सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) रहेका खड्गबहादुर राई र मन्दिप श्रेष्ठ डीआईजीबाटै अवकाश पाउने भएका छन् । अब उनीहरुले आगामी २६ माघमा अवकाश पाउने छन् । सरकारले उनीहरु दुुबैको एक वर्ष म्याद थप गरेको थियो । दुबै एआईजीको म्याद थप नभएको भए राई खनालपछि एक वर्षका लागि सशस्त्रको नेतृत्वमा पुग्ने थिए । राई ११ चैत २०४९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

केसीपछि भने वरिष्ठताका आधारमा प्रविणकुमार श्रेष्ठ आईजीपी बन्ने छन् । यसका लागि भने श्रेष्ठको पनि एक वर्ष पदावधि थप्नु पर्ने हुन्छ । पदावधि नथपेको अवस्थामा उनी आगामी ९ असारमा अवकाशमा जाने छन् । तर अहिलेसम्मको अवस्था हेर्दा सबै जनाको एक वर्ष पदावधि थपिएको छ । उनको एक वर्ष पदावधि थपिएको अवस्थामा उनी केसीपछि २६ कात्तिक २०८२ सम्म आईजीपी बन्नेछन् ।

श्रेष्ठपछि हालका डीआईजी राजु अर्याल र नारायणदत्त पौडेलमध्ये एक जना सशस्त्रको नेतृत्वमा पुग्ने छन् । केसी र पौडेलको म्याद थप भएकाले उनीहरुलाई अब नेतृत्वमा पुग्न थप सजिलो भएको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार