असोज ११, २०८३ आइतबार September 27, 2026

झापामा सबै शिक्षण संस्था आजदेखि बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लगातार कोरोना संक्रमति बढ्दै जाँदा बालबालिकामा पनि जोखिम बढेका कारण झापामा आजदेखि सबै शिक्षण संस्था बन्द भएका छन् ।

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)–को हिजो बसेको आपतकालीन बैठकले जिल्लाका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेपछि आजदेखि कुनै पनि शैक्षिक संस्था खुलेका छैनन् ।यसबाट जिल्लाका डेडलाख भन्दा विद्यार्थीिको पढाइ प्रभावित भएको छ भने विद्यालयहरुले तयारी गरिहेका परीक्षाहरु पनि अनिश्चित बनेको छ ।

यसैगरी, बैठकले जिल्लाका १५ वटै स्थानीय तहहरूले कम्तीमा १०० बेड क्षमताको क्वारेन्टिन र ५० बेड क्षमता भएको अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गर्ने निर्णयसमेत गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।दोस्रो लहरको कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको निष्कर्ष निकाल्दै भन्दै जिल्लामा त्यसको रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्णय गरिएको प्रजिअ तिमिल्सिनाको भनाइ छ ।

बैठकले जिल्लाका सबै विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र २०७८ वैशाख मसान्तसम्म भौतिम रुपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्ने र सोको अनुगमन सम्बन्धित स्थानीय तहका शिक्षा, खेलकुद तथा युवा शाखा र शिक्षा विकास तथा समन्वय इकाईले गर्ने निर्णय भएको भद्रपुर शिक्षा शाखाका प्रेम भुजेलले जानकारी दिनु भयो ।

त्यस्तै सबै क्रियाशील राजनीतिक दलहरूलाई आमसभा लगायतका भीडभाडयुक्त कार्यक्रम नगर्न भीडभाड हुने कार्यालयहरूमा आलोपालो मिलाएर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सेवा प्रदान गन पनि बैठकले निर्देशन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार