भाद्र २, २०८३ मंगलबार August 18, 2026

मन्त्रिपरिषद पुनर्गठन तयारीले संसदीय समिति बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको तयारीले संसदीय समितिको बैठकसमेत प्रभावित भएको छ । बुधबार बिहान बोलाइएको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको हो ।

बैठकमा संघीय निजामती सेवा विधेयकबारे छलफल गर्ने कार्यसूची थियो र सो छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई समेत बोलाइएको थियो । तर, मन्त्री पण्डित बैठकमा आएनन् । करिब आधा घण्टा कुरेपछि बैठक स्थगित गरियो ।

अहिले मन्त्री पदबाट हट्नेहरुको सूचीमा लालबाबुको पनि नाम रहेको चर्चा छ । यसैगरी मन्त्री बन्ने भनेर चर्चामा रहेका पम्फा भुसाल, जनार्दन शर्मा ‘प्रभाकर’लगायत पनि बैठकमा अनुपस्थित रहे ।

बैठकमा सहभागी हुन कृष्णगोपाल श्रेष्ठ, झपट रावल, मीना पाण्डेलगायत सिंहदरबार गएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार