मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

चौथो अध्यक्ष कप भलिबल : पुरुषतर्फ भोजपुर र महिलातर्फ ओखलढुङ्गालाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः खोटेहाङ गाउँपालिकामा सम्पन्न चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडाले उचालेको छ ।

गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा भोजपुरकै आम्चोक गाउँपालिका–३ थिदिङ्खालाई सोझो सेटमा हराउँदै नेपालेडाँडाले उपाधिमाथि कब्जा जमाएको  हो ।

जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारस्थित भगवती दीनानाथ माविको प्राङ्गणमा आयोजित महिलातर्फको प्रतियोगिताको उपाधि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले उचालेको छ ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीलाई सोझो सेटमा हराउँदै मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले उपाधिमाथि कब्जा जमाएको हो ।

पुरुषतर्फको प्रतियोगितामा चम्पादेवी गाउँपालिका–१ पलापु ओखलढुङ्गा  र खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरे तथा महिलातर्फ खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र रामप्रसादराई गाउँपालिका–८ बासीखोरा  भोजपुरले  सेमिफाइनलिस्टमा चित्त बुझाएका छन् ।

प्रतियोगितामा खोटाङ, ओखलढुङ्गा, उदयपुर र भोजपुरका गरी पुरुषतर्फ २३ समूह र महिलातर्फ आठ समूहको सहभागिता रहेको खेल संयोजक एवम् खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका वडाध्यक्ष दीपेन थुलुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो, दोस्रो तथा दुई सेमिफाइनलिष्ट समूहलाई क्रमशः नगद रु एक लाख ११ हजार १११, रु ६६ हजार ६६६ र रु ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै विधागत पुरस्कारअन्तर्गत अनुशासित समूहमा पुरुषतर्फ चम्पादेवी गाउँपालिका–१ पलापु ओखलढुङ्गा तथा महिलातर्फ बराहपोखरी गाउँपालिका–२ सुन्तले, उत्कृष्ट खेलाडी पुरुषतर्फ षडानन्द नगरपालिकाका सन्दिप कठेत तथा महिलातर्फ आमचोक गाउँपालिकाका ममता राई, उत्कृष्ट लिफ्टर पुरुषतर्फ आमचोक गाउँपालिकाका निशान राई तथा महिलातर्फ मानेभञ्ज्याङ गाउँपालिकाकी पूर्णिमा बाहिङ राई र उत्कृष्ट स्पाइकर पुरुषतर्फ चम्पादेवी गाउँपालिकाको समिप श्रेष्ठ तथा महिलातर्फ मानेभञ्ज्याङ गाउँपालिकाकी चन्दाकुमारी बस्नेतले हात पारेका छन् ।

चौथो अध्यक्षक कप अन्तर वडास्तरीय महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताको विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट समूह तथा खेलाडीलाई जनही रु पाँच÷पाँच हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । विजयी समूह तथा खेलाडीलाई प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पुरस्कार प्रदान गर्नुभएको थियो ।

गाउँपालिकाको चौथो वार्षिक उत्सव समापन कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट कृषक समूह, उत्कृष्ट पशुपालक समूह, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शिक्षकलगायतलाई रु एघार हजार १११ सहित कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

तीन दिनसम्म मनाइएको वार्षिक उत्सवका अवसरमा विभिन्न जातजातिको सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमण भीडभाडका कारण समुदायमा फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार