असार २५, २०८२ बुधबार July 9, 2025

बैंकहरूको नाफा पौने एकाउन्न अर्ब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना महामारीमा वाणिज्य बैंकहरूको नाफा घट्ने अनुमान विपरीत झनै बढेको छ। चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) मा २७ वाणिज्य बैंकहरूले पौने ५१ अर्ब रूपैयाँ नाफा गरेका छन् ।

कोरोना महामारीका कारण अघिल्लो वर्ष बैंकहरूको नाफा घटेकाले यो वर्ष पनि घट्न सक्ने अनुमान थियो । गत वर्ष सोही अवधिमा ती बैंकहरूले करिब ४४ अर्ब ७० करोड रूपैयाँ खुद नाफा गरेका थिए।

बैंकरहरूले गत आर्थिक वर्षको तुलनामा अहिले नाफा वृद्धि हुनुमा कोरोनाबाट अनुभव लिएर काम गर्नुलाई लिएका छन्। यस अवधिमा २१ बैंकले नाफा बढाएका छन् भने ६ वटाको घटेको छ। तेस्रो त्रैमासमा सबभन्दा बढी नाफा नबिल बैंकले गरेको छ। साउन–चैतसम्म नबिलले तीन अर्ब ६७ करोड रूपैयाँ नाफा कमाएको छ। त्यस्तै, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमई बैंक पनि तीन अर्ब रूपैयाँभन्दा बढी कमाउन सफल भएका छन्। नाफा घटाउनेमा स्ट्यान्डर्ड चार्टर्ड, एनसिसी, एसबिआई, एभरेस्ट, हिमालयन र सेन्चुरी बैंक छन्।

धेरै नाफा बढाउनेमा एनएमबि सबभन्दा अगाडि छ। उक्त बैंकले ८८ प्रतिशत नाफा बढेको विवरण सार्वजनिक गरेको छ। कोरोना महामारीमा उद्योगी–व्यवसायीलाई साँवा तथा ब्याज भुक्तानीका लागि नेपाल राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने सुविधा दिएका कारण धेरैले यस्तो नीति आउँदा बैंकहरूको नाफा घट्ने अनुमान गरेका थिए। तर कतिपय बैंकर सोही नीतिका कारण कर्जा बिग्रन नपाएर बैंकहरूलाई सहज भएको बताउँछन्। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार