असोज ११, २०८३ आइतबार September 27, 2026

सोलुखुम्बुको थुलुङ दुधकोसीका विद्यालय तत्काल बन्द नगर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाण्डौंः सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले विद्यालय बन्द नगर्ने भएको छ । गाउँ शिक्षा समितिको बैठकले बालबालिकाको शिक्षा आर्जन गर्न पाउने अधिकारलाई ध्यानमा राख्दै तत्काल विद्यालय बन्द नगर्ने निर्णय लिएको हो ।
गाउँपालिका अध्यक्ष असिम राईले विद्यालय दुई सिफ्टमा सञ्चालन गर्ने र विद्यालय तहका कुनै पनि परीक्षा स्थगित नगर्ने बताउनुभयो ।
मुलुकभरको लहडमा विद्यालय बन्द गर्दा कोरोना सङ्क्रमणको उच्च जोखिम नभएका क्षेत्रका विद्यार्थी शिक्षा आर्जनबाट वञ्चित हुने भएकाले तत्काललाई विद्यालय बन्द नगर्ने निष्कर्षमा पुगेको उहाँको भनाइ छ ।
सुरक्षाका मापदण्ड पालन गरेर वैशाख २३ गतेबाट विद्यालय तहका सम्पूर्ण परीक्षा सञ्चालन गर्ने समेत बैठकले निर्णय लिएको छ ।
बैठकले उपाध्यक्ष सविता राईको संयोजकत्वमा वडा अध्यक्ष, वडाका स्वास्थ्य इन्चार्ज, माध्यमिक विद्यालयका प्रधानाध्यापक, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा सहितको क्विक रेस्पोन्स टिम बनाउने निर्णय गरेको छ ।
गाउँपालिकाभित्र कोरोनाको नयाँ लक्षण र सावधानीका उपायबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने, सङ्क्रमण फैलन नदिन जिल्ला बाहिरबाट आउने सबै नागरिकहरूले सम्बन्धित वडामा तोकेको सम्पर्क व्यक्तिलाई सूचना टिपाउने र अनिवार्य १५ दिन होम क्वारेन्टीनमा बस्नुपर्ने, महामारीको बेला हुनसक्ने कालोबजारी लगायतका गलत क्रियाकलापहरूलाई रोक्न बजार अनुगमन गर्ने र स्थानीय हाट बजारको हकमा स्थानीय उत्पादन, फलफूल लगायत अत्यावश्यक सामाग्रीहरू भिडभाड रहित तरिकाले सुरक्षाका सबै उपाय अपनाएर बिक्री वितरण गर्न पाउने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले सभा सम्मेलन, खेलकुद लगायतका ठुला जमघटका कार्यक्रम सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार