असार २५, २०८२ बुधबार July 9, 2025

बहुमत जुटाउन जसपामा दुवै पक्ष सक्रिय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछि आफ्नो पक्षमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका दुवै पक्ष सक्रिय भएका छन्।

दुवै पक्षका शीर्ष नेताहरू सोमबारदेखि आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यसँग सम्पर्कमा छन्। आफूनिकट सांसदलाई अर्को कित्तामा जान नदिन दुवै पक्षका शीर्ष नेता सक्रिय देखिएका छन्।

दुवै पक्षले आफूनिकट सांसदको हस्ताक्षर संकलन गर्ने तयारी गरेको स्रोतको भनाइ छ। महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यलाई तत्काल काठमाडौं बोलाएको छ भने काठमाडौंमा रहेका सांसद तथा कार्यकारिणी समिति सदस्यलाई बाहिर नजान निर्देशन गरेको छ। यो पक्षले मंगलबार आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यहरूसँग अनौपचारिक छलफल गर्ने भएको छ।

ठाकुर पक्षका कार्यकारिणी समिति सदस्य केशव झाले जसपाका सांसद तथा कार्यकारिणी समितिका सदस्यलाई काठमाडौं बोलाइएको बताए। प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्। तीमध्ये दुईजना हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेका छन्। बाँकी ३२ सांसदमध्ये पूर्वराजपाका र पूर्वसमाजवादीका १६–१६ सांसद छन्। ५१ सदस्यीय कार्यकारिणी समितिमा पूर्वराजपाका तीन सदस्य महेन्द्र यादव, प्रदीप यादव र गजाधार यादव भट्टराई–यादव कित्तामा पुगेका छन्।

पूर्वराजपाका एक सांसद महेन्द्र यादव पनि कित्ता परिवर्तन गरी भट्टराई–यादव खेमामा पुगेका छन्। भट्टराई–यादव खेमा कुनै पनि अवस्थामा केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने लाइनमा छ भने ठाकुर–महतो खेमा सरकारविरोधी गठबन्धनमा सहभागी नहुने सहमति ओलीसँग गरेको छ।

ठाकुर पछिल्लो समय प्रधानमन्त्री ओलीसँग नियमित सम्पर्कमा छन्। सरकारले जसपाका माग सम्बोधन गर्न प्रक्रिया अघि बढाइरहेका बेला ओलीविरुद्ध नउभिने ठाकुरले प्रस्ट पारेका छन। यता भट्टराई र यादव ओली सरकार ढाल्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा छन्। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार