असार १०, २०८२ मंगलबार June 24, 2025

राजपाको सांगठनिक लफडाः जुन-जुन जिल्लामा पकड, त्यहीँ-त्यहीँ विवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सांगठनिक पकड भएकै जिल्लामा स्थानीय समिति बनाउँदा विवाद देखिएको छ । पार्टीको अध्यक्ष मण्डलले निर्देशिका बनाएर वडा, पालिका, प्रदेश सभा/प्रतिनिधिसभा क्षेत्र र जिल्लामा तदर्थ समिति गठन गर्ने समय तोकेको थियो । पार्टीको वर्चश्व रहेका जिल्लाहरूमा तोकेको समयमा समिति गठन नभएपछि २० दिन समय थपिएको छ ।

अध्यक्ष मण्डलको ८ कात्तिकमा बसेको बैठकले जिल्लाहरूमा वडा, पालिका, प्रदेशसभा÷प्रतिनिधिसभा क्षेत्र र जिल्लामा तदर्थ समिति गठन गर्न ‘तदर्थ समिति गठन निर्देशिका ०७६’ बनाएको थियो । निर्देशिकामा २४ कात्तिकमा वडा, २६ कात्तिकमा पालिका, २८ कात्तिकमा प्रदेशसभा/प्रतिनिधिसभा र ३० कात्तिकमा जिल्ला समितिमा तदर्थ समिति गठन गरिसक्ने उल्लेख थियो । तर, तोकिएको समयमा पार्टीको पकड भएका जिल्लामा विवादका कारण अधिवेशन सम्पन्न हुन नसकेपछि अधिवेशन गर्ने म्याद थपिएको छ ।

बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले लोकतान्त्रिक विधि प्रक्रियाबाट समाधान गर्न भन्दै २० दिनको समय थप गर्ने निर्णय गरेको हो । ‘कतिपय ठाउँमा तदर्थ समितिहरू गठन गर्न बाँकी रहेकोले सो बाँकी कार्य सोही निर्देशिकाबमोजिम सम्पन्न गर्न र केही ठाउँहरूमा समस्या देखिएकोले ती समस्याहरू सहमति तथा लोकतान्त्रिक विधि प्रक्रियाबाट समाधान गर्न २० दिन समय थपिएको छ,’ बैठकपछि संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा छ ।

बैठकले अधिवेशन गर्न खटाएका केन्द्रीय पर्यवेक्षकलाई तोकिएको क्षेत्रमा पुगेर २५ मंसिरभित्र तदर्थ समिति गठनसम्बन्धी कार्य सम्पन्न गरी ३० मंसिरमा बोलाइएको पर्यवेक्षकको बैठकमा प्रतिवेदन लिई केन्द्रीय कार्यालयमा आउन निर्देशन दिएको छ । यो खबर बिहिबार नयाँपत्रिकामा प्रकाशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ : उपसभामुख रानामगर
२०८२ असार १०, मंगलबार
रुसी आक्रमणमा युक्रेनमा सातजनाको मृत्यु
२०८२ असार १०, मंगलबार
सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न
२०८२ असार १०, मंगलबार
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ : मुख्यमन्त्री सिंह
२०८२ असार १०, मंगलबार
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
२०८२ असार १०, मंगलबार
“कोरोनाबाट इलामकी ३९ वर्षीया महिलाको मृत्यु, संक्रमण दर फेरि बढ्दै”
२०८२ असार १०, मंगलबार
भ्रष्टाचारीहरूको लर्कोमा बाबुरामलाई नजोड्नू : पूर्वप्रधानमन्त्री भट्टराई
२०८२ असार १०, मंगलबार