श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

राजपाको सांगठनिक लफडाः जुन-जुन जिल्लामा पकड, त्यहीँ-त्यहीँ विवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सांगठनिक पकड भएकै जिल्लामा स्थानीय समिति बनाउँदा विवाद देखिएको छ । पार्टीको अध्यक्ष मण्डलले निर्देशिका बनाएर वडा, पालिका, प्रदेश सभा/प्रतिनिधिसभा क्षेत्र र जिल्लामा तदर्थ समिति गठन गर्ने समय तोकेको थियो । पार्टीको वर्चश्व रहेका जिल्लाहरूमा तोकेको समयमा समिति गठन नभएपछि २० दिन समय थपिएको छ ।

अध्यक्ष मण्डलको ८ कात्तिकमा बसेको बैठकले जिल्लाहरूमा वडा, पालिका, प्रदेशसभा÷प्रतिनिधिसभा क्षेत्र र जिल्लामा तदर्थ समिति गठन गर्न ‘तदर्थ समिति गठन निर्देशिका ०७६’ बनाएको थियो । निर्देशिकामा २४ कात्तिकमा वडा, २६ कात्तिकमा पालिका, २८ कात्तिकमा प्रदेशसभा/प्रतिनिधिसभा र ३० कात्तिकमा जिल्ला समितिमा तदर्थ समिति गठन गरिसक्ने उल्लेख थियो । तर, तोकिएको समयमा पार्टीको पकड भएका जिल्लामा विवादका कारण अधिवेशन सम्पन्न हुन नसकेपछि अधिवेशन गर्ने म्याद थपिएको छ ।

बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले लोकतान्त्रिक विधि प्रक्रियाबाट समाधान गर्न भन्दै २० दिनको समय थप गर्ने निर्णय गरेको हो । ‘कतिपय ठाउँमा तदर्थ समितिहरू गठन गर्न बाँकी रहेकोले सो बाँकी कार्य सोही निर्देशिकाबमोजिम सम्पन्न गर्न र केही ठाउँहरूमा समस्या देखिएकोले ती समस्याहरू सहमति तथा लोकतान्त्रिक विधि प्रक्रियाबाट समाधान गर्न २० दिन समय थपिएको छ,’ बैठकपछि संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा छ ।

बैठकले अधिवेशन गर्न खटाएका केन्द्रीय पर्यवेक्षकलाई तोकिएको क्षेत्रमा पुगेर २५ मंसिरभित्र तदर्थ समिति गठनसम्बन्धी कार्य सम्पन्न गरी ३० मंसिरमा बोलाइएको पर्यवेक्षकको बैठकमा प्रतिवेदन लिई केन्द्रीय कार्यालयमा आउन निर्देशन दिएको छ । यो खबर बिहिबार नयाँपत्रिकामा प्रकाशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल फार्मेसी परिषद्का रजिस्ट्रार थापा र गंगालाल हृदय केन्द्रका निर्देशक अमात्यले लिए शपथ
२०८३ श्रावण २२, शुक्रबार
ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला
२०८३ श्रावण २२, शुक्रबार
खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने
२०८३ श्रावण २२, शुक्रबार
राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार
२०८३ श्रावण २२, शुक्रबार
सुनचाँदीको मूल्य बढ्यो
२०८३ श्रावण २२, शुक्रबार
टिक्दैन नियन्त्रित लोकतन्त्र : चरण प्रसाई
२०८३ श्रावण २२, शुक्रबार
एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन
२०८३ श्रावण २२, शुक्रबार