असार २१, २०८२ शनिबार July 5, 2025

कृषि मन्त्रालयमा नवनियुक्त मन्त्री भुसाललाई बधाई दिदै निवर्तमान मन्त्री खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नवनियुक्त कृषिमन्त्री घनश्याम भुसालले बिहीबार पदभार ग्रहण गर्दा निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालले बधाई दिएका छन् ।

भुसाल मन्त्रालयमा पुगेको केहीबेरपछि पुगेका खनालले हात मिलाएर र अंकमाल गरेर बधाई दिएका हुन् ।

मन्त्री भुसालले खनाल समक्ष ‘तपाईं‌ले छाडेर गएका अधुरा आयोजना पूरा गर्छु’ भन्दै प्रतिवद्धता व्यक्त गरेका छन । ‘कामको जस दुबै जना मिलेर लिनुपर्छ, उनले भने । आफूले केही समय सिक्नेसमेत उनले बताएका छन ।

नवनियुक्त मन्त्रीको स्वागत गर्न कर्मचारीहरु भर्‍याङसम्म लामवद्ध भई बसेका थिए ।

परम्परागत कृषि श्रमलाई उकास्ने प्रयत्न गर्छु : कृषि मन्त्री

कृषि मन्त्री घनश्याम भुसालले परम्परागत कृषि श्रमको स्तर माथि उठाएर व्यवसायिक कृषिको विकासमा केन्द्रित हुने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफू डर र प्रलोभनबाट समेत प्रभावित नभई काम गर्ने बताए । ‘म दुईवटा कुराबाट डराउने छैन, एउटा डर र अर्को प्रलोभन’, उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार