श्रावण १२, २०८१ शनिबार July 27, 2024

अब कुनै कन्फुजन छैन । बाटो साफ भएको छ । : अध्यक्ष प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाग्लुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अब कुनै अलमल नरहेको बताएका छन् । हालै भएको दुई अध्यक्षको कार्यविभाजनसँगै एक अध्यक्ष सरकारतिर र अर्को पार्टीमा केन्द्रित हुने उनले बताएका छन ।

बाग्लुङमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अब कुनै कन्फुजन छैन । बाटो साफ भएको छ । हामी सबै एक ढिक्का भएर अगाडि बढौं ।’
अध्यक्ष प्रचण्डले कालापानी क्षेत्रका नेपाली भूभागलाई आफ्नो नक्सामा समेट्ने भारतको कदमलाई नेकपा र सरकारले गम्भीर रुपामा लिएको बताएका छन ।
यो मान्य छैन र यसका निम्ति जुनसुकै पहल गर्न आफूहरु तयार रहेको भनेर सरकारले प्रष्ट पारेको र त्यसअनुसार परराष्ट्र मन्त्रालयले पत्रचार पनि गरेको बताएका छन।

बाग्लुङ २ ख को उपचुनावमा नेकपाले समर्थन गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई भोट माग्दै उनले विकासे आयोजनाहरुको आश्वासन दिएका छन ।

उत्तरगंगा जलाशययुक्त विद्युत आयोजना अगाडि बढाउने, सालझण्डी ढोरपाटन दगायतका सडक निर्माण र स्तरोन्नतीका लागि पहल गर्ने उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार