जेठ २३, २०८३ शनिबार June 6, 2026

अब कुनै कन्फुजन छैन । बाटो साफ भएको छ । : अध्यक्ष प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बाग्लुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अब कुनै अलमल नरहेको बताएका छन् । हालै भएको दुई अध्यक्षको कार्यविभाजनसँगै एक अध्यक्ष सरकारतिर र अर्को पार्टीमा केन्द्रित हुने उनले बताएका छन ।

बाग्लुङमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अब कुनै कन्फुजन छैन । बाटो साफ भएको छ । हामी सबै एक ढिक्का भएर अगाडि बढौं ।’
अध्यक्ष प्रचण्डले कालापानी क्षेत्रका नेपाली भूभागलाई आफ्नो नक्सामा समेट्ने भारतको कदमलाई नेकपा र सरकारले गम्भीर रुपामा लिएको बताएका छन ।
यो मान्य छैन र यसका निम्ति जुनसुकै पहल गर्न आफूहरु तयार रहेको भनेर सरकारले प्रष्ट पारेको र त्यसअनुसार परराष्ट्र मन्त्रालयले पत्रचार पनि गरेको बताएका छन।

बाग्लुङ २ ख को उपचुनावमा नेकपाले समर्थन गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई भोट माग्दै उनले विकासे आयोजनाहरुको आश्वासन दिएका छन ।

उत्तरगंगा जलाशययुक्त विद्युत आयोजना अगाडि बढाउने, सालझण्डी ढोरपाटन दगायतका सडक निर्माण र स्तरोन्नतीका लागि पहल गर्ने उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार