श्रावण १२, २०८१ शनिबार July 27, 2024

अभिनेता नीर शाह लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जापानको टोकियोमा सम्पन्न ‘सूर्य इन्टरनेसनल अवार्ड–२०१९’मा अभिनेता नीर शाहलाई ‘सूर्य लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको छ । यस्तै, सूर्य रत्न अवार्डबाट महजोडीलाई सम्मान गरियो । यसैगरी, नेपाल वायुसेवा निगमका क्याप्टेन तथा अभिनेता विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान–२०१९’ प्रदान गरियो । निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदीलाई २५ हजार जापानी येनसहित उत्कृष्ट फिल्मी पत्रकारिता अवार्ड प्रदान गरियो ।

पपुलर निर्देशकको अवार्ड ‘छ माया छपक्कै’बाट दीपाश्री निरौलाले पाएकी छन् । यस्तै, फिल्म ‘गोपी’का निर्देशक दीपेन्द्र लामा उत्कृष्ट निर्देशक घोषित भए । पपुलर अभिनेताको अवार्ड फिल्म ‘क्याप्टेन’का अनमोल केसीले पाएका छन । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म ‘कायरा’बाट पपुलर अभिनेत्रीको अवार्ड पाइन् । यस्तै, पपुलर सह–अभिनेत्रीको अवार्ड फिल्म ‘गोपी’का लागि वर्षा राउतले पाइन् ।

क्रिटिक विधातर्फ फिल्म ‘प्रसाद’को राम्रो पकड देखियो । क्रिटिक उत्कृष्ट फिल्म ‘प्रसाद’ तथा उत्कृष्ट अभिनेता र अभिनेत्रीमा विपिन कार्की र नम्रता श्रेष्ठ घोषित भए । आधुनिक गीततर्फ ‘पिरिम नलाउने’ बोलको गीतका लागि मेलिना राई उत्कृष्ट गायिका घोषित भइन् । ‘मोहनी’ बोलको गीतका लागि राजेशपायल राई उत्कृष्ट आधुनिक गायक भए । पप गीततर्फ ‘कर्के नजर’का लागि गायक संजीव पराजुली र गायिका टीका प्रसाईं उत्कृष्ट घोषित भए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार