मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

अभिनेता नीर शाह लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जापानको टोकियोमा सम्पन्न ‘सूर्य इन्टरनेसनल अवार्ड–२०१९’मा अभिनेता नीर शाहलाई ‘सूर्य लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको छ । यस्तै, सूर्य रत्न अवार्डबाट महजोडीलाई सम्मान गरियो । यसैगरी, नेपाल वायुसेवा निगमका क्याप्टेन तथा अभिनेता विजय लामालाई ‘सूर्य कलाकारिता सम्मान–२०१९’ प्रदान गरियो । निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदीलाई २५ हजार जापानी येनसहित उत्कृष्ट फिल्मी पत्रकारिता अवार्ड प्रदान गरियो ।

पपुलर निर्देशकको अवार्ड ‘छ माया छपक्कै’बाट दीपाश्री निरौलाले पाएकी छन् । यस्तै, फिल्म ‘गोपी’का निर्देशक दीपेन्द्र लामा उत्कृष्ट निर्देशक घोषित भए । पपुलर अभिनेताको अवार्ड फिल्म ‘क्याप्टेन’का अनमोल केसीले पाएका छन । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म ‘कायरा’बाट पपुलर अभिनेत्रीको अवार्ड पाइन् । यस्तै, पपुलर सह–अभिनेत्रीको अवार्ड फिल्म ‘गोपी’का लागि वर्षा राउतले पाइन् ।

क्रिटिक विधातर्फ फिल्म ‘प्रसाद’को राम्रो पकड देखियो । क्रिटिक उत्कृष्ट फिल्म ‘प्रसाद’ तथा उत्कृष्ट अभिनेता र अभिनेत्रीमा विपिन कार्की र नम्रता श्रेष्ठ घोषित भए । आधुनिक गीततर्फ ‘पिरिम नलाउने’ बोलको गीतका लागि मेलिना राई उत्कृष्ट गायिका घोषित भइन् । ‘मोहनी’ बोलको गीतका लागि राजेशपायल राई उत्कृष्ट आधुनिक गायक भए । पप गीततर्फ ‘कर्के नजर’का लागि गायक संजीव पराजुली र गायिका टीका प्रसाईं उत्कृष्ट घोषित भए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार