श्रावण ११, २०८३ सोमबार July 27, 2026

सिन्धुली कांग्रेसका पूर्वसभापति खतिवडाको हृदयघातबाट मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति तथा महासमिति सदस्य रंगराज खतिवडाको हृदयघातका कारण मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेका खतिवडालाई बाटोमा हृदयघात भएको परिवार तथा पार्टी स्रोतले जनाएको छ ।

सोमबार बिहान गाडीमै हृदयघात भएपछि भक्तपुरस्थित नागरिक अस्पतालमा उपचारका लागि लगिए पनि अस्पतालले खतिवडालाई मृत घोषणा गरेको नेपाली कांग्रेस सिन्धुलीका नेता माणिक ढकालले बताएका छन ।

खतिवडा पञ्‍चायत तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा नेताका रुपमा परिचित छन् । खतिवडा २०५१ सालदेखि २०५३ सम्म र २०६१ देखि २०६६ सम्म गरी दुईपटक नेपाली कांग्रेस सिन्धुलीको सभापति भएका थिए । सानै उमेरदेखि राजनीतिमा सक्रिय हुने खतिवडाले नेपाली कांग्रेसको राजनीतिमा जिल्ला सदस्य, कोषाध्यक्षहुँदै दुई कार्यकाल सफल सभापतिको रुपमा जिम्मेवारी पूरा गरेका थिए । उनको कार्यकालमा नेपाली कांग्रेसले जिल्लामा विचार र संगठका दृष्टिले समेत उचाई लिएको थियो,ढकालले भने ।

२००० साल वैशाख १ गते कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा जन्मिएका खतिवडाको ७६ वर्षको उमेरमा मृत्यु भएको हो । खतिवडाका श्रीमति, पाँच छोरा र तीन छोरी छन् । खतिवडाको पार्थीव शरीरलाई बुधबार पार्टी कार्यालय धुरामा श्रद्धान्र्जलीका लागि राखिएको थियो भने उनको आझै अन्त्येष्ठी गरिने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार
अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
२०८३ श्रावण ११, सोमबार
आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
२०८३ श्रावण ११, सोमबार