श्रावण १२, २०८१ शनिबार July 27, 2024

अर्काको जमीन एक इन्च पनि चाहिँदैन : मन्त्री बाँस्कोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालले प्रमाण पुगेको जमीनको मात्रै दाबी गरेको बताएका छन् ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उनले भने, ‘हामीले विभिन्न प्रमाण पुगेको जमीनको मात्रै दाबी गरिरहेका छौ, प्रमाण नपुगेको जमीन एक इन्च पनि चाहिँदैन ।’

सञ्चारमन्त्री बाँस्कोटाले नेपालले यससम्बन्धी प्रमाण वार्ताको टेबुलमाराख्ने बताएका छन । ‘तथ्य र प्रमाणको आधारमा स्थापित भएको कुरा भारतले पनि स्वीकार गर्नुपर्दछ । हाम्रो सार्वभौमसत्तालाई न्यायोचित सम्मान गर्नुपर्दछ । तथ्यको आधारमा सत्य ठहरिएको विषयमा भारतसँग स्पष्ट रुपमा कुरा राख्छ । कालापानी मात्रै होइन सुस्ताको हकमा पनि यही कुरा हो’ उनले भने ।

ऐतिहासिक दस्तावेज, भारतीय राजपत्र, नक्सा लगायतका विभिन्न प्रमाणहरूले लिम्पियाधुरासम्म नेपालकै भएको देखाएको उनको भनाइ छ । सुगौली सन्धिको धारा पाँचमा उल्लेख भएको काली नदीको मुहान विज्ञानको सिद्धान्त अनुसार तय हुनुपर्नेमा उनको जोड थियो ।

पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो पुर्खाको नासोको रुपमा रहेको जमीनको अधिकार स्थापित गर्ने कुरा हो । भारतले हाम्रो सार्वभौमसत्ता स्वीकार गर्नुपर्दछ ।’

चर्का कुरा गरेर सीमा समस्या समाधान नहुने उनको भनाइ छ । विवाद समाधानका लागि सरकारले कुटनीतिक पहल शुरु गरिसकेको बाँस्कोटाले जानकारी दिएका छन ।

‘सरकारले चालेको कदमलाई सबै दलले ऐक्यबद्धता पनि जनाइसकेका छन् । यो हाम्रो शक्ति पनि’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार