भाद्र २, २०८३ मंगलबार August 18, 2026

चितवन खैरहनी नगरपालिकाका दुवै वडामा कांग्रेस विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ को अध्यक्षमा कांग्रेस विजयी भएको छ । वडा नम्बर ४ को अध्यक्षमा देवबहादुर बस्नेत र ५ मा प्रतिमा बस्नेत विजयी भएका छन ।

वडा नम्बर ४ मा निर्वाचित कांग्रेसका देवबहादुर बस्नेतले १ हजार १३८ र नेकपाका बेदबहादुर अधिकारीले ९८६ मत पाएका छन । यहाँ २ हजार १ सय ७२ मत खसेको थियो ।
यसैगरी वडा नम्बर ५ को अध्यक्ष प्रतिमा ८६ मत अन्तरले विजयी भएकी छन । कांग्रेस उम्मेदवार प्रतिमाले ८४२ र नेकपाको पुननारायण प्रधानले ७५६ मत पाएका छन् । खैरहनी नगरपालिका वडा नम्बर ५ को उपनिर्वाचनमा १ हजार ६ सय ७० मत खसेको थियो ।

खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ का दुवै निर्वाचनमा यसअघि कांग्रेस विजयी भएको थियो । अघिल्लो चुनावमा वडा नम्बर ४ मा कांग्रेसका नरेन्द्रनाथ अधिकारी ७ सय ५६ मतसहित र वडा नम्बर ५ मा कांग्रेसकै विश्वविजय बस्नेत ६२७ मतसहित विजयी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार