मंग्सिर १, २०८२ सोमबार November 17, 2025

ब्याडमिन्टनमा नेपाल सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)को ब्याडमिन्टनमा मेन्स टिम इभेन्टमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार पोखरास्थित ब्याडमिन्टन कोर्टमा भएको खेलमा नेपाली टिमले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालका रत्नजीत तामाङले भुटानका खेलाडी अनिश गुरुङलाई २१-६, २१-९ को सोझो सेटले पराजित गरे । प्रतिष्पर्धामा नेपाली खेलाडी दिपेश धामीले भुटानका नैदुप दोर्जे २१-१३, २१-१४ सोझो सेटमा सहज जित निकाले ।

त्यस्तै प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१-१२, २१-५ को सेटमा पराजित गरेपछि नेपाल मेन्स टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

महिलातर्फ टिम इभेन्टमा नेपाल र बंगलादेशबीच खेल भएको थियो । खेलमा नेपालकी नङसाल तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१-१८, १५-२१ र २१-१७ को सेटमा पराजित गरिन् । त्यस्तै, रशीला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८-२६ र २१-१९ को सेटमा पराजित गरिन् ।

आइतबार नै भएको अर्को खेलमा जेशिका गुरुङले बंगलादेशकी विस्त्री खातुनलाई २-० को सोझो जीत निकालेकी छिन् । उनले पहिलो २१-१८ र दोस्रोमा २२-२० अंकले जित निकालिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार