असोज २९, २०८३ बिहिबार October 15, 2026

ब्याडमिन्टनमा नेपाल सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)को ब्याडमिन्टनमा मेन्स टिम इभेन्टमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार पोखरास्थित ब्याडमिन्टन कोर्टमा भएको खेलमा नेपाली टिमले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालका रत्नजीत तामाङले भुटानका खेलाडी अनिश गुरुङलाई २१-६, २१-९ को सोझो सेटले पराजित गरे । प्रतिष्पर्धामा नेपाली खेलाडी दिपेश धामीले भुटानका नैदुप दोर्जे २१-१३, २१-१४ सोझो सेटमा सहज जित निकाले ।

त्यस्तै प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१-१२, २१-५ को सेटमा पराजित गरेपछि नेपाल मेन्स टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

महिलातर्फ टिम इभेन्टमा नेपाल र बंगलादेशबीच खेल भएको थियो । खेलमा नेपालकी नङसाल तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१-१८, १५-२१ र २१-१७ को सेटमा पराजित गरिन् । त्यस्तै, रशीला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८-२६ र २१-१९ को सेटमा पराजित गरिन् ।

आइतबार नै भएको अर्को खेलमा जेशिका गुरुङले बंगलादेशकी विस्त्री खातुनलाई २-० को सोझो जीत निकालेकी छिन् । उनले पहिलो २१-१८ र दोस्रोमा २२-२० अंकले जित निकालिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्यानचेस्टर सिटीका आर्थिक नियम उल्लंघनको सुनुवाइ जनवरीमा
२०८३ असोज २९, बिहिबार
शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला
२०८३ असोज २९, बिहिबार
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
२०८३ असोज २९, बिहिबार
विश्व हात धुने दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
२०८३ असोज २९, बिहिबार
च्याम्पियन्स लिग : रियलले रोमालाई हरायो, पीएसजीले सिटीलाई पछार्‍यो; लिभरपुल र भिल्ला पनि विजयी
२०८३ असोज २९, बिहिबार
जनगुनासो सम्बोधन गर्न रास्वपालाई चुनौती
२०८३ असोज २९, बिहिबार
आजको मौसम : पश्चिमी र मनसुनी दुवै वायुको प्रभाव कायमै
२०८३ असोज २९, बिहिबार