वैशाख १६, २०८१ आइतबार April 28, 2024

जसपामा विवाद झन्झन् चर्किँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको छ ।

बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको भट्टराई र यादव समूहको कार्यकारिणी समिति बैठकले निर्वाचन आयोगको निर्णय पारदर्शी नभएको निष्कर्ष निकाल्दै पार्टी आधिकारिताका लागि आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको हो ।

जसपा प्रवक्ता डम्बर खतिवडाले कार्यकारिणी समितिका बुहमत सदस्य निर्वाचन आयोगमा सशरीर उपस्थित भएर पार्टी आधिकारिताको दाबी गर्ने बताए । ५१ सदस्यीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित भट्टराई–यादव समूहको बैठकले पार्टी आधिकारिकता दाबी गर्न आयोगमा पुनः जाने निर्णय गरेको छ । ‘बैठकले आधिकारिकता दाबी गर्न नागरिकतासहित बहुमत सदस्य निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ’ खतिवडाले भने ।

सरकारमा सहभागी हुने÷नहुने विषयलाई लिएर पार्टीभित्र विवाद चर्किँदै गएपछि एकले अर्कोलाई कारबाही गर्ने क्रम सुरु भएको थियो । स्पष्टीकरण सोध्ने र कारबाही गर्ने क्रमसँगै पार्टी आधिकारिकताको विवाद निर्वाचन आयोगसम्म पुगेको हो । यसैगरी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया