मंसिर २२, २०८० शुक्रबार December 8, 2023

फरक क्षमताका ब्यक्ति फेरि पनि स्टिफन हकिङ बन्न सक्छन्ः उपराष्ट्रपति पुन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले फरक क्षमता भएका व्यक्तिहरुलाई संविधानले दिएको राजनीतिक, समाजिक तथा आर्थिक अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन्।
एसियाली बौद्धिक सुस्त मनस्थिति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको २४ औं बौद्धिक अपाङ्गता सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले दिएका अधिकारहरुको कार्यान्वयनमा जोड दिएका छन। उनले नेपालले सबैप्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न प्रयासहरु गरेको उल्लेख गर्दै संविधानले विविधताको पहिचान सहित मर्यादा र आत्म सम्मानपुर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हकको सुनिश्चितता गरेको बताएका छन।

उनले अपाङ्गता भएका मानिसहरुको मानव अधिकार र सुरक्षित जीवनको सुनिश्चितता गरिनुपर्ने र अन्य नागरिक सरह व्यवहार गरिएमा फेरिपनि स्टिफन हकिङ जस्ता महान व्यक्तिहरुको जन्म हुने बताएका छन।

पछिल्लो समय विश्वभर १५ प्रतिशत मानिसहरु फरक क्षमताको भएको तथ्याङ्क छ भने २०६८ को जनगणना अनुसार नेपालमा २ प्रतिशत जनसंख्या रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार