असार ३०, २०८३ मंगलबार July 14, 2026

नेपाललाई ३२ औं स्वर्ण दिलाए बुद्धिबहादुरले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बुद्धिबहादुर तामाङले साइक्लिङमा स्वर्ण पदक जितेका छन् । यससँगै जारी सागमा नेपालको स्वर्ण ३२ पुगेको छ ।

बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरे ।यस्तै १ मिनेट १९.४० सेकेण्डमा दुरी पारे गरेका नेपालकै राजिभ राईले रजत र १ मिनेट २१.०० सेकेण्डमा निर्धारित दुरी पार गरेका ओकेशराज बज्राचार्यले काश्य जिते ।

आठौंको रेकर्ड तोडियो

बुद्धिबहादुरको स्वर्णसँगै नेपालले सागको एउटै संस्करणमा जितेको सर्वाधिक स्वर्ण जितेको छ ।

यसअघि १९९९ मा काठमाडौंमा आयोजित आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।

१९८४ मा साफ शुरु हुँदा नेपालले जम्मा चार स्वर्ण जितेको थियो । १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ मा दुई, १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो । २००४ मा पाकिस्तानमा आयोजित साफमा नेपालमा जम्मा सात स्वर्ण जित्यो । २००६ मा श्रीलंकामा आयोजित दशौं संस्करणदेखि साफको नाम साग बन्यो । त्यसमा नेपालले ७ स्वर्ण जित्यो । ड्रोपिङ टेस्ट अनुत्तीर्ण भएपछि राजेन्द्र भण्डारीले जितेको दुई वटा स्वर्ण पदकले मान्यता पाएन ।

२०१० मा ढाकामा आयोजित सागमा आठ र २०१६ मा भारतमा आयोजित १३ औं सागमा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।

१३ औं सागमा हालसम्मका स्वर्ण विजेताहरूः

१ मण्डेकाजी श्रेष्ठ – कराँते
२ सोनी गुरुङ – ट्रायथोलन
३ कमल श्रेष्ठ – तेक्वान्दो, पुम्से
४ निर्मला तामाङ, सरु कार्की, संगीता मगर – कराँते
५ सिना मादेन – तेक्वान्दो, पुम्से
६ मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर, महशुस तामाङ-कराँते
७ लक्ष्मण तामाङ – कराँते
८ पार्वती गुरुङ – तेक्वान्दो -पुम्से)
९ आयशा शाक्य – तेक्वान्दो -पुम्से)
१० विप्लवमान श्रेष्ठ – कराँते
११ कुसुम खड्का – कराँते
१२ आयशा शाक्य, सञ्जिवकुमार ओझा- टीम पुम्से
१३ अनु अधिकारी – कराँते
१४ निशा दर्नाल, स्वम्तिमा तामाङ, सञ्जिला तिमल्सिना-टीम पुम्से
१५ निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई- तेक्वान्दो -पुम्से)
१६ हिमाल टमटा – दुवाथोलन
१७ विजय सिञ्जाली – उसु -थाउलो)
१८ सुम्मिता तामाङ – उसु -थाउलो)
१९ नवीन रसाइली – कराँते
२० सन्तोषी श्रेष्ठ – एथ्लेटिक्स
२१ काजोल श्रेष्ठ – तेक्वान्दो
२२ वीरबहादुर महरा – तेक्वान्दो
२३ सुनिता महर्जन – तेक्वान्दो
२४ अनुपमा मगर – कराँते
२५ दीपक हमाल – उसु
२६ राजेश मगर – साइक्लिङ
२७ निस्मा श्रेष्ठ – साइक्लिङ
२८ संगिता बस्याल – तेक्वान्दो
२९ सक्षम कार्की – तेक्वान्दो
३० निमा घर्ती मगर – उसु
३१ लक्ष्मी मगर – साइक्लिङ
३२ बुद्धिबहादुर तामाङ – साइक्लिङ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
२०८३ असार ३०, मंगलबार
पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड
२०८३ असार ३०, मंगलबार
नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो
२०८३ असार ३०, मंगलबार
डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज
२०८३ असार ३०, मंगलबार
सरकारी विज्ञापन वितरणसम्बन्धी एकद्वार नीति सर्वोच्च अदालतबाट बदर
२०८३ असार ३०, मंगलबार
राष्ट्रिय सेवा दलको दायरा विस्तार, वार्षिक ११ हजार ५०० युवालाई तालिम दिने लक्ष्य
२०८३ असार ३०, मंगलबार
प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण
२०८३ असार ३०, मंगलबार