काठमाण्डौंः नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दोश्रो ग्विन प्रो लिग अनलाइन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
यु–४० उमेरसमूहको एकल पुम्सेमा अशोकले सर्वाधिक ६.५६ अंक जोड्दै स्वर्ण जिते । यो स्पर्धामा विभिन्न राष्ट्रका १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इन्डोनेसिया दोश्रो तथा मलेसिया तेश्रो भए ।
अल्मा तेक्वान्दो क्लब, मलेसियाद्वारा आयोजित प्रतियोगिता जुन ३० तारिखमा भएको थियो ।
नतिजा भने सोमबार मात्र प्राप्त भएको खड्काले जानकारी गराए । प्रतियोगितामा विभिन्न १९ राष्ट्रका करिब ५ सय खेलाडी सहभागी थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया