वैशाख ६, २०८१ बिहिबार April 18, 2024

अफ्रिकी युवतीले जितिन २०१९ को विश्व सुन्दरीको ताज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सम्पन्न विश्व सुन्दरीको ताज अफ्रिकी युवतीले जितेकी छन् । प्रतियोगिताको फिनालेमा उनले ९० जना प्रतिस्पर्धीलाई पछि पारेकी थिइन ।

महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीय जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी हुन् । उनले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन ।

“म यस्तो संसारमा हुर्केँ जहाँ मेरो जस्तो छाला र कपालको बनावट भएकी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ,” भाषणमा विजेता तुन्जीले भनिन । एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित भव्य प्रतियोगितामा उनले ताज पहिरिएकी थिइन । फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको ताज जितेकी थिइन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया