असोज १२, २०८३ सोमबार September 28, 2026

एप्पललाई पछाडि पार्दै शाओमी विश्व बजारमा अगाडी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विश्वव्यापी रुपमा मोबाइल विक्रीमा चिनियाँ मोवाइल फोन उत्पादक कम्पनी शाओमीले पहिलो पटक एप्पललाई पछाडि पारेको छ ।

सन् २०२१ को दोस्रो चौमासिकमा मोबाइल सिपमेन्टका आधारमा एप्पलको तुलनामा साओमी अगाडि आएको हो । मोबाइल तथा विभिन्न प्रविधिको बजार अध्ययन गर्ने संस्था क्यानालाइजले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शाओमी १७ प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा आएको हो ।

विश्वमा पहिलो नम्वरमा रहेको सामसङको बजार हिस्सा चाहीं १९ प्रतिशत रहेको छ । उक्त प्रतिवेदन अनुसार सन् २०२१ को दोस्रो त्रैमासिकमा एप्पलको बजार हिस्सा १४ प्रतिशतमात्रै रहेको छ ।

उक्त प्रतिवेदन अनुसार बजारको हिस्साका आधारमा ओप्पो, भिभो उत्कृट पाँचभित्र परेका छन् । त्यसमध्ये शाओमीको बजार विस्तार सबैभन्दा उत्कृष्ट देखिएको छ । तर, शाओमीले अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतभन्दा बढी मोबाइल सिपमेन्ट गरेको बताइएको छ ।

शाओमीका संस्थापक अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत लेई जुनले कर्मचारीहरूलाई लेखेको पत्रमा विश्वको नं २ स्थानमा पर्न सफल हुनु शाओमीको इतिहासको महत्वपूर्ण माइलस्टोन भएको उल्लेख गरेका छन् ।

 शाओमीले एप्पललाई पछार्दै दोस्रो स्थानमा उक्लिनुको प्रमुख कारण यूरोप, अफ्रिका, ल्याटिन अमेरिकामा कम्पनीको बजार विस्तार पनि रहेको  प्रतिवेदनमा उल्लेख छ ।

त्यसो त बजार विश्लेषकहरुले कम्पनीको मोबाइलको मूल्य पनि अन्य कम्पनीको तुलनामा केही सस्तो भएकाले पनि बजार विस्तारमा टेवा पुगेको हुन सक्ने बताएका छन् । हालैका वर्षमा शाओमीलगायत  ओप्पो, वनप्लस र हुवावेई  जस्ता चिनियाँ कम्पनीहरुले यूरोपेली बजारमा आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेका छन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज मंगलबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १३, मंगलबार
वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल
२०८३ असोज १३, मंगलबार
कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त
२०८३ असोज १३, मंगलबार
दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, अस्ट्रेलियाविरुद्ध एक खेल अगावै सिरिज कब्जा
२०८३ असोज १३, मंगलबार
जापानमा जारी एसियाली खेलकुदमा १३ वर्षीया चिनियाँ पौडी खेलाडीको वर्चश्व
२०८३ असोज १३, मंगलबार
बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडकका ४६ स्थानमा क्षति, सडक सञ्चालन हुन एक साता लाग्ने
२०८३ असोज १३, मंगलबार
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार