वैशाख २२, २०८१ शनिबार May 4, 2024

एप्पललाई पछाडि पार्दै शाओमी विश्व बजारमा अगाडी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वव्यापी रुपमा मोबाइल विक्रीमा चिनियाँ मोवाइल फोन उत्पादक कम्पनी शाओमीले पहिलो पटक एप्पललाई पछाडि पारेको छ ।

सन् २०२१ को दोस्रो चौमासिकमा मोबाइल सिपमेन्टका आधारमा एप्पलको तुलनामा साओमी अगाडि आएको हो । मोबाइल तथा विभिन्न प्रविधिको बजार अध्ययन गर्ने संस्था क्यानालाइजले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शाओमी १७ प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा आएको हो ।

विश्वमा पहिलो नम्वरमा रहेको सामसङको बजार हिस्सा चाहीं १९ प्रतिशत रहेको छ । उक्त प्रतिवेदन अनुसार सन् २०२१ को दोस्रो त्रैमासिकमा एप्पलको बजार हिस्सा १४ प्रतिशतमात्रै रहेको छ ।

उक्त प्रतिवेदन अनुसार बजारको हिस्साका आधारमा ओप्पो, भिभो उत्कृट पाँचभित्र परेका छन् । त्यसमध्ये शाओमीको बजार विस्तार सबैभन्दा उत्कृष्ट देखिएको छ । तर, शाओमीले अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतभन्दा बढी मोबाइल सिपमेन्ट गरेको बताइएको छ ।

शाओमीका संस्थापक अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत लेई जुनले कर्मचारीहरूलाई लेखेको पत्रमा विश्वको नं २ स्थानमा पर्न सफल हुनु शाओमीको इतिहासको महत्वपूर्ण माइलस्टोन भएको उल्लेख गरेका छन् ।

 शाओमीले एप्पललाई पछार्दै दोस्रो स्थानमा उक्लिनुको प्रमुख कारण यूरोप, अफ्रिका, ल्याटिन अमेरिकामा कम्पनीको बजार विस्तार पनि रहेको  प्रतिवेदनमा उल्लेख छ ।

त्यसो त बजार विश्लेषकहरुले कम्पनीको मोबाइलको मूल्य पनि अन्य कम्पनीको तुलनामा केही सस्तो भएकाले पनि बजार विस्तारमा टेवा पुगेको हुन सक्ने बताएका छन् । हालैका वर्षमा शाओमीलगायत  ओप्पो, वनप्लस र हुवावेई  जस्ता चिनियाँ कम्पनीहरुले यूरोपेली बजारमा आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेका छन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार