असार २२, २०८२ आइतबार July 6, 2025

जंगली हात्तीको आक्रमणबाट २ को मृत्यु, ४ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट बुधबार दुई जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

जिल्लाका महाकाली नगरपालिका– २ मा जंगली हात्तीको आक्रमणबाट स्थानीय बसन्ती भट्ट र भुरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले जानकारी दिएका छन।

अन्य घाइते हुनेहरुमा स्थानीय सरिता ओझा, सुुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद रहेका छन्।
बुधबार विहान महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरुलाई जंगली हात्तीले आक्रमण गरेको थियो। जंगल कति जना गएको भन्ने नखुलेको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि भारतीय सहर खटिमा पठाइएको छ।

यसअघि शुक्लाफाँटा नगरपालिकामा समेत जंगली हात्तीको आक्रमणले एक जनाको मृत्यु भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार