मंग्सिर १, २०८२ सोमबार November 17, 2025

लोक सेवाका कर्मचारी सरुवा गर्दा पूर्वसहमति लिने व्यवस्था हटाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लोक सेवा आयोगका कर्मचारीहरुलाई पूर्वसहमति नलिई सरुवा गर्न नपाउने व्यवस्था राज्य व्यवस्था समितिले हटाइदिएको छ ।

लोक सेवा आयोग ऐनमा ‘आयोगमा कार्यरत कर्मचारीलाई नेपाल सरकारले अन्य कार्यालयमा सरुवा गर्दा आयोगको सहमति लिनु पर्ने,’ व्यवस्था छ ।

बिहीबारको राज्य व्यवस्था समितिको बैठकले लोक सेवा आयोगमा रहेका कर्मचारीलाई सरुवा गर्दा सहमति लिनुपर्ने मौजुदा कानुनको दफा ६ को उपदफा २ को व्यवस्थालाई हटाइदिएको छ ।

दफा ६ को उपदफा १ मा रहेको ‘आयोगको कार्य सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक पर्ने कर्मचारीको व्यवस्था नेपाल सरकारले गर्नेछ,’ भन्ने व्यवस्था भने यथावत राखिएको छ ।

राज्य व्यवस्था समितिमा ‘लोक सेवा आयोग सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि बिहीबार छलफल भएको थियो । लोक सेवा आयोगका कर्मचारी सरुवा गर्दा पूर्वसहमति लिनुपर्ने व्यवस्था हटाउने कि नहटाउने भन्नेमा राज्य व्यवस्था समिति सदस्यहरुको मत बाझिएको थियो ।
सांसदहरु सञ्जय गौतम, विजय सुब्बालगायतले साविकको व्यवस्था विधेयकमा हुनुपर्ने बताएका थिए । समितिको बैठकमा सहभागी प्रधानमन्त्री कार्यालयका एक जना सचिव र लोक सेवा आयोगका सचिव आनन्दराज ढकालले भने लोक सेवा आयोगको पूर्वसहमति लिनुपर्ने व्यवस्था हटाउन नहुने मत राखेका थिए ।

तर, पूर्वसामान्य प्रशासन मन्त्री रेखा शर्मा, नवराज सिलवाल, महेश्वर गहतराज लगायतले भने लोक सेवाका कर्मचारी सरुवा गर्दा लोक सेवाको पूर्वसहमति लिनुपर्ने व्यवस्था हटाउनुपर्ने बताएका थिए ।

समिति सभापति शशी श्रेष्ठले ‘पछि कुनै परिस्थिति सिर्जना भयो भने शब्द थपौंला’ भन्दै संशोधित व्यवस्था पास गर्न आह्वान गरिन् । उनले पारित गरौं भन्दै उठ्दा बैठकमा सहभागी सांसदहरुले कुनै प्रतिक्रिया जनाएनन् ।

लोक सेवा आयोगका कर्मचारीहरु प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका छपाई लगायतका संवेदनशील काममा खटिनुपर्ने भएकाले पूर्वसहमति नलिइ सरुवा गरिदिँदा काम प्रभावित हुने र गोपनियता भंग हुने आयोगका पदाधिकारीहरु बताउँछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार