असोज १२, २०८३ सोमबार September 28, 2026

अब ब्लुबुक साथमा बोक्नु नपर्ने, क्यूआर कोड स्क्यान गरे पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अब ब्लुबुक साथमा बोक्नु नपर्ने भएको छ । सेवाग्राहीले आवश्यक परेको समयमा क्यूआर कोड स्क्यान गरेरै सेवा लिन सक्ने गरी शुक्रबार यातायात व्यवस्था सूचना प्रणाली कार्यान्वयनमा आएको छ ।

सेवाग्राहीले आफ्ना विवरण अनलाइनबाटै हेर्न, राजस्व तिर्न, बीमा गर्न एवं नवीकरण गर्न सक्ने गरी बागमती प्रदेशले अनलाइन प्रणाली सुरु सञ्चालनमा ल्याएकाे हाे । याे प्रणालीअन्तर्गत अनलाइनबाटै ट्राफिक प्रहरीले मोबाइल एप प्रयोग गरी सेवाग्राहीकाे भुक्तानीसम्बन्धी विवरण चेकजाँच गर्नसक्ने सुविधा पनि छ ।

‘ब्लुबुक बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्ति पाएका छौं,’ बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले भने, ‘सेवा दिने र लिने दुवै अनलाइन प्रणालीमा आबद्ध भएपछि अब सेवा प्रवाहमा सहजता आउनेछ ।’

राजस्व भुक्तानीपछि प्राप्त हुने क्यूआर कोडका आधारमा ट्राफिक प्रहरीले मोबाइल एपको प्रयोग गरी भुक्तानी विवरण चेकजाँचका गर्न सकिने उनले बताए ।

‘यो प्रणालीमा सेवाग्राही आफैंले राजस्वको विवरण हेर्न मिल्ने सिस्टम छ, जसमा ट्याक्स क्यालकुलेटर मोड्युल राखिएको छ,’ उनले भने, ‘घरबाटै मोबाइल एप वा मन्त्रालयको टीआईएमएसमा गएर विवरण हेर्न, राजस्व तिर्न, बीमा गर्न, ट्राफिक प्रहरीले माेबाइल एपबाट सेवाग्राहीकाे विवरण चेकजाँच गर्न र अनलाइनबाटै ई-टोकन लिई तोकिएको समयमा कार्यालयमा गई सेवा लिन सकिने सुविधा याे प्रणालीमा छ ।’ – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज मंगलबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १३, मंगलबार
वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल
२०८३ असोज १३, मंगलबार
कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त
२०८३ असोज १३, मंगलबार
दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, अस्ट्रेलियाविरुद्ध एक खेल अगावै सिरिज कब्जा
२०८३ असोज १३, मंगलबार
जापानमा जारी एसियाली खेलकुदमा १३ वर्षीया चिनियाँ पौडी खेलाडीको वर्चश्व
२०८३ असोज १३, मंगलबार
बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडकका ४६ स्थानमा क्षति, सडक सञ्चालन हुन एक साता लाग्ने
२०८३ असोज १३, मंगलबार
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार