काठमाण्डौंः सभामुख अग्निप्रसाद सापकोटा र गृह मन्त्री बालकृष्ण खाँणबीच आज छलफल भएको छ। सिंहदरबास्थित सभामुखको कार्यकक्षमा भएको भेटमा संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने लगायतका विषयमा छलफल भएको हो ।
सभामुख सापकोटा र मन्त्री खाणबीच बाढी पहिरोका कारण उत्पन्न विपत्ति र व्यवस्थापका सन्दर्भमा सरकारी तयारीबारेसमेत छलफल भएको छ । सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनर्स्थापनाको कार्य अघि बढाउने जानकारी दिए ।
उनले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्बसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए ।
यसबर्ष मनसुनको सुरुआतसँगै मनाङ् र सिन्धुपाल्चोकमा बाढी पहिरोबाटो ठूलो क्षति पुगेपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया