मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सैनिक कल्याणकारी कोषको सम्पति ५९ अर्ब ९५ करोड ८० लाख पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति ५९ अर्ब ९५ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

कोषमा विसं २०७७ असार मसन्तसम्म नगद मौज्दात  ४५ अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेकामा यस वर्ष १८ प्रतिशत अर्थात् ८ अर्ब २५ करोड ९५ लाख रुपैयाँले वृद्धि भई ५४ अर्ब १२ करोड ७५ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा विभिन्न निकायमा गत असार मसन्तसम्म गरिएको ५ अर्व ८३ करोड १४ लाख रुपैयाँ लगानीसमेत समावेश गर्दा यथार्थ सम्पति ५९ अर्ब ९५ करोड ८० लाख रुपैयाँ पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए।

नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त १ करोड २४ लाख १ हजार रुपैयाँबाट विस २०३२मा स्थापना सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।

‘बहुजन हिताय : बहुजन सुखाय’ आदर्श वाक्य रहेको कोषबाट सेनाका बहालवाला, अवकास प्राप्त सैनिक तथा तिनका आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत र आवास, बीमा, सीप र स्वरोजगारका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

उक्त कोषबाट ९ लाख हिताधिकारी लाभान्वीत भइररहेको जानकारी दिइएको छ । कोषबाट सञ्चालित विभिन्न कार्यक्रममार्फत वार्षिकरुपमा सरकारलाई ४५ करोड  रुपैयाँ राजस्व र रु १६ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चितिमा योगदान पुगिरहेको जानकारी दिइयो ।

कोषको रकम मध्ये ९९ दशमलव ३५ प्रतिशत क वर्गका वाणिज्य र बाँकी ख वर्गका विकास र अन्य वित्त कम्पनिमा निक्षेप रहेको सो अवसरमा जानकारी दिइयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
२०२७ विश्वकप छनोटको ढाँचा फेरियो, नेपालमा हुने प्लेअफबाट चार टोली छानिने
२०८३ मंग्सिर १, मंगलबार
यमनमा हुथी विद्रोहीद्वारा ६०० बन्दी रिहा, मिसाइल आक्रमणमा १७ जनाको मृत्यु
२०८३ मंग्सिर १, मंगलबार
एमाले स्थायी कमिटी बैठक आज बस्दै
२०८३ मंग्सिर १, मंगलबार
बागमतीलाई ९ गोलले हराउँदै आर्मी महिला गोल्डकपको सेमिफाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
२०८३ मंग्सिर १, मंगलबार
तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार