मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ०७:४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।

त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

यसअघि हेलम्बु गाउँपालिकाको नाकोतेखोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई सो गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिबार राति नै सतर्क हुन अनुरोध गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
२०२७ विश्वकप छनोटको ढाँचा फेरियो, नेपालमा हुने प्लेअफबाट चार टोली छानिने
२०८३ मंग्सिर १, मंगलबार
यमनमा हुथी विद्रोहीद्वारा ६०० बन्दी रिहा, मिसाइल आक्रमणमा १७ जनाको मृत्यु
२०८३ मंग्सिर १, मंगलबार
एमाले स्थायी कमिटी बैठक आज बस्दै
२०८३ मंग्सिर १, मंगलबार
बागमतीलाई ९ गोलले हराउँदै आर्मी महिला गोल्डकपको सेमिफाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का
२०८३ मंग्सिर १, मंगलबार
तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो
२०८३ मंग्सिर १, मंगलबार
राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमका २१ कराते खेलाडी तयार
२०८३ मंग्सिर १, मंगलबार