भाद्र १०, २०८३ बुधबार August 26, 2026

नेकपा सचिवालय बैठक जारी, लगत्तै स्थायी समिति बैठक बस्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले बसिरहेको छ। आइतबार बिहान ९ बजेपछि पार्टी कार्यालय (धुम्बाराही) मा सचिवालय बैठक सुरु भएको हो।

बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेका पार्टीको ६ महिने कार्ययोजना, आजै दिउँसो बस्ने स्थायी समिति बैठकका एजेन्डालगायत विषय रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन।

२७ गते नै बस्ने तय गरिएको नेकपा सचिवालय बैठक प्रचण्डलाई राजनीतिक प्रतिवेदन लेख्न समय लागेकाले सारिएको थियो।

प्रतिवेदन तयार गर्नकै लागि प्रचण्ड २ दिन खुमलटार आसपासकै अर्को एउटा घरमा गुप्तबास बसेका थिए। उनले १७ पृष्ठ लामो प्रतिवेदन तयार पारेको नेकपा स्रोतले जनाएको छ।

सचिवालय बैठकलगत्तै दिउँसो पार्टीको स्थायी समिति बैठक पनि बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली सेनाको स्वास्थ्य टोलीद्वारा बाढीपीडितको उपचार जारी
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढी अपडेट : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?
२०८३ भाद्र १०, बुधबार
त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित
२०८३ भाद्र १०, बुधबार
रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्‍याट’ परिचालन गर्ने
२०८३ भाद्र १०, बुधबार
कांग्रेस केन्द्रीय समिति बैठकले के-के गर्यो निर्णयहरु (सूची सहित)
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीबाट भएको क्षतिबारे राष्ट्रपतिले लिए प्रधानमन्त्रीसँग जानकारी
२०८३ भाद्र १०, बुधबार
अमेरिकी सामानमा क्यानाडाको प्रतिशुल्क
२०८३ भाद्र १०, बुधबार