मंग्सिर १, २०८२ सोमबार November 17, 2025

नेकपा सचिवालय बैठक जारी, लगत्तै स्थायी समिति बैठक बस्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले बसिरहेको छ। आइतबार बिहान ९ बजेपछि पार्टी कार्यालय (धुम्बाराही) मा सचिवालय बैठक सुरु भएको हो।

बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेका पार्टीको ६ महिने कार्ययोजना, आजै दिउँसो बस्ने स्थायी समिति बैठकका एजेन्डालगायत विषय रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन।

२७ गते नै बस्ने तय गरिएको नेकपा सचिवालय बैठक प्रचण्डलाई राजनीतिक प्रतिवेदन लेख्न समय लागेकाले सारिएको थियो।

प्रतिवेदन तयार गर्नकै लागि प्रचण्ड २ दिन खुमलटार आसपासकै अर्को एउटा घरमा गुप्तबास बसेका थिए। उनले १७ पृष्ठ लामो प्रतिवेदन तयार पारेको नेकपा स्रोतले जनाएको छ।

सचिवालय बैठकलगत्तै दिउँसो पार्टीको स्थायी समिति बैठक पनि बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार