बैसाख १६, २०८३ बुधबार April 29, 2026

धनुषाका दुई स्थानमा शंकास्पद वस्तु भेटियो, निष्किय पार्ने सेनाको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । बम विस्फोटबाट प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको धनुषामा पुनः शंकास्पद वस्तु फेला परेको छ ।

धनुषा सदरमुकामसमेत रहेको प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम–९ को संकटमोचन मन्दिर र बाह्रबिघा मैदान नजिकै शंकास्पद वस्तु भेटिएको हो ।
प्लाष्टिकमा बेरिएको अवस्थामा बमजस्तै शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन ।

कार्कीका अनुसार, शंकास्पद वस्तु राखिएको संकटमोचन मन्दिरनजिकै अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्ने प्रयास गरिरहेको छ । यही टोली शंकास्पद वस्तु भेटिएको बाह्र बिघामा जाने उनले जानकारी दिएका छन ।

‘शंकास्पद वस्तु भेटिएका दुवै स्थानलाई घेरा हालेर राखेका छौं’, डीएसपी कार्कीले भने, ‘अहिले संकटमोचननजिकै भेटिएको शंकास्पद वस्तु डिस्पोजको काम भइरहेको छ । यसपछि अर्को स्थानमा जानेछौं ।’

गत शुक्रबार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा शक्तिशाली बम विस्फोट भएको थियो । जसमा बाबु–छोरासहित एक प्रहरी अधिकारीको मृत्यु भएको थियो । चार जना गम्भीर घइते भएका छन् ।

यो घटना सेलाउन नपाउँदै पुनः शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
नेप्से परिसूचक २६ अङ्कले घट्यो
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार