असोज १३, २०८३ मंगलबार September 29, 2026

टेलिकममा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ: नेपाल टेलिकमको सेवा प्रवाहका विषयमा प्राविधिक परीक्षणसहित पारदर्शिताको माग गर्दै तीन कर्मचारी सङ्घ सङ्गठनले यही साउन ७ गतदेखि धर्नामा उत्रेका छन् ।

फोरजी, एफटिटीएच, आइपिटिभी, आरटिडीएफलगायतका टेलिकमका चालु परियोजनाको अवस्था सम्बन्धमा श्वेतपत्र जारी गरी यी सेवाको प्राविधिक परीक्षण गरिनुपर्ने माग गरिएको नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले राससलाई जानकारी दिए । कम्पनीका प्रबन्ध निर्देशकको कार्य सम्पादन सम्झौता सार्वजनिक गरी आवधिक मूल्याङ्कन गराउन पनि कर्मचारी सङ्घ सङ्गठनले माग गरेका छन् ।

टेलिकम बोर्डले एकपक्षीयरुपमा कर्मचारी हक, अधिकारको विषय कटौती गरी निरङ्कुश चरित्र प्रदर्शन गरेकाले सच्याउनसमेत माग गरिएको छ । तह नौसम्म कर्मचारी सङ्घ सङ्गठनको सदस्यता लिएर आधिकारिक ट्रेड युनियनको निर्वाचनमा भाग लिन पाउने व्यवस्थालाई एकपक्षीयरुपमा सात तहमा झारिएकामा कर्मचारीले आपत्ति जनाएका छन् । विगत दुई वर्षदेखि नै आधिकारिक ट्रेड युनियनको निर्वाचन नगरी टेलिकम व्यवस्थापनले कर्मचारीको प्रजातान्त्रिक अधिकार कुण्ठित गर्न खोजेको आरोप छ ।

नेपाल टेलिकम वर्कर्स युनियन, नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन र नेपाल टेलिकम कर्मचारी युनियनले यही साउन ७ गतेदेखि टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीप्लाजा परिसरमा धर्ना जारी राखेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाइएको छ । मागका विषयमा टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई भेटेर जानकारी गराउन लागिएको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज मंगलबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १३, मंगलबार
वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल
२०८३ असोज १३, मंगलबार
कर्णाली प्रदेशसभा सदस्य शर्मा पदमुक्त
२०८३ असोज १३, मंगलबार
दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, अस्ट्रेलियाविरुद्ध एक खेल अगावै सिरिज कब्जा
२०८३ असोज १३, मंगलबार
जापानमा जारी एसियाली खेलकुदमा १३ वर्षीया चिनियाँ पौडी खेलाडीको वर्चश्व
२०८३ असोज १३, मंगलबार
बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडकका ४६ स्थानमा क्षति, सडक सञ्चालन हुन एक साता लाग्ने
२०८३ असोज १३, मंगलबार
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार