असार २५, २०८२ बुधबार July 9, 2025

इङ्ग्लिस प्रिमियर लिगः लिभरपुलको विजयी सुरुवात, म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा लिभरपुलले नर्वीच सिटीलाई ३–० ले हराएको हो ।

लिभरपुलका डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एक/एक गोल गरे । लिभरपुलका सलाहले नयाँ कीर्तिमान समेत बनाएका छन् ।

प्रिमियर लिगको पहिलो खेलमा लगातार पाँच सिजन गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । सिजनको पहिलो खेलमा सलाहले अहिलेसम्म ७ गोल गरेका छन् । जितसँगै लिभरपुलले तीन अङ्क जोडेको छ ।

इङ्ग्लिस प्रिमियर लिगमा हिजो भएका खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । यस्तै लेस्टर सिटीले वुल्भ्स्लाई, चेल्सीले क्रिस्टल प्यालेसलाई, वार्डफोर्डले एस्टन भिल्लालाई, एभर्टनले साउथह्याम्टन र ब्राइटनले बर्नलीलाई हराउँदै विजयी सुरुवात गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार