कार्तिक ८, २०८३ आइतबार October 25, 2026

मनाङको माइनस २६ डिग्रीमा खिचिँदैछ ‘प्रेमगीत ३’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

निर्माण अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को गएको १० दिनदेखि हिमाल पारीको जिल्ला मनाङमा छायांकन भैरहेको छ । फिल्मको ४५ प्रतिशत छायांकन काठमाडौंको कीर्तिपुरमा भब्य सेट खडा गरेर खिचिएको थियो । इनडोर छायांकन पूरा भएपछि निर्माण टिम आउटडोर छायांकनका लागि मनाङ पुगेको हो ।

जाडोको उच्च विन्दुका बावजूद पनि सिंगो टिमले लगावका साथ काम गरिरहेको निर्माता तथा निर्देशक सन्तोष सेन बताउँछन् । ‘हिँउ परिरहेको बेलामा छायांकन गर्नुपर्ने दृश्य भएकाले गाह्रो चाहिँ भएको छ । माइनस २६ डिग्री तापक्रमसम्म पनि टिमले मेहनतका साथ काम गरिरहेको छ,’ उनले भने । उनले अहिलेसम्म फिल्मको कुल ७५ प्रतिशत छायांकन पूरा भएको बताएका छन ।
उनका अनुसार, कुनै समस्या नआएको खण्डमा अबको १० देखि १५ दिनभित्र फिल्मको सम्पूर्ण छायांकन सकिनेछ । फिल्मको छायांकन सँगसँगै सम्पादन पनि एकसाथ चलिरहेको छ । यसकारण निर्माण टिम छायांकन सकिए लगत्तै प्रचार-प्रसारमा निस्कने तयारीमा छ । फिल्मका लागि सबैभन्दा ठूलो खर्च सेट निर्माण र मुस्ताङबाट झिकाइएको घोडामा भएको सेनले बताएका छन ।

हिँउले सेताम्मे मनाङको डाँडा र हिँउ परिरहेको अवस्थामा छायांकन गरिएका केही तस्विरहरु निर्माण टिमले बाहिर ल्याएको छ । तस्विरमा फिल्मका कलाकार, निर्देशक तथा प्राविधिकहरु लगावका साथ काम गरिरहेका देखिन्छन् । फिल्ममा अभिनेता प्रदीप खड्का तेस्रो पटक ‘प्रेम’ कोे भूमिकामा देखिँदैछन् । भने, नव-अभिनेत्री क्रिस्टिना गुरुङ ‘गीत’ कोे भूमिकामा छिन् ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा बनिरहेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्रीलगायतका कलाकारको पनि अभिनय छ । चैत २८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत छ भने राजेश श्रेष्ठको छायांकन छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार