जेठ ७, २०८१ सोमबार May 20, 2024

बम बनाउने सामग्रीसहित विप्लव समूहका नेता पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सल्यान । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका जिल्ला नेता पदमबहादुर केसी पक्राउ परेका छन् । जिल्लाबाट खटिएको सुरक्षा टोलीले मंगलबार दार्मा गाउँपालिका–५, भगेँरी खोलाबाट जिल्ला समिति सदस्य पदमबहादुर केसीलाई पक्राउ गरेको हो ।

उनको साथबाट बम बनाउन प्रयोग हुने सागम्री पनि बरामद भएका छन् । एक प्रहरी अधिकारीका अनुसार नं. ६ डेटोनेटर ५ वटा, नं. ३३ इलेक्ट्रिक डेटोनेटर दुई वटा, सेफ्टी फ्युज एक मिटर, सल्फ्युरिक एसिड (सोडा गन्धक) ३ सय ग्राम, आईईडीमा प्रयोग हुने छर्रा दुई केजी, भोल्टमिटर दुई वटा र ३०३ राइफलको एक राउण्ड गोली पनि बरामद भएको छ ।

उनको साथबाट विप्लव समूहको पार्टी सदस्यता नवीकरण फारम २१ वटा, विधान २०६९, नेकपाको सांगठनिक प्रस्ताव, राजनीतिक प्रतिवेदन र घोषणा पत्र बरामद गरेको प्रहरीले जनाएको छ । विष्फोटक पदार्थ बरामद गर्ने क्रममा नेपाली सेनाको टोली पनि पुगेको थियो ।

पक्राउ परेका केसी र बरामद सागम्रीलाई विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सल्यान, खलंगा बुझाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया