काठमाडौँ: नेपालका लागि दुई पटक ओलम्पिक खेलिसकेकी पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
गौरिकाले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण भएको र १० दिनयता आइसोलेसनमा रहेको जानकारी दिएकी छन् ।
सिंहले आफूले कोरोनाको दुवै डोज खोप लगाए पनि संक्रमित भएको बताएकी छन् । गौरिकाका अनुसार उनलाई कोरोना संक्रमणको कुनै पनि लक्षण देखिएको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया