असार २४, २०८२ मंगलबार July 8, 2025

फुटबल विवाद : मुख्य प्रशिक्षक अलमुताइरीलाई सचेत गराउन समितिको सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: फुटबल विवादबारे राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बनाएको छानविन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सचेत गराउन सिफारिस गरेको छ ।

समितिले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई आज आफ्नो प्रतिवेदन बुझाएको हो । समितिले फुटबलमा विवाद सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अलमुताइरीलाई सचेत गराउन उक्त प्रतिवेदनमा सिफारिस गरेको हो ।

समितिले मुख्य प्रशिक्षक अलमुताइरीलाई अखिल नेपाल फुटबल (सङ्घ) एन्फासित भएको सम्झौताअनुसार नै गतिविधि गर्न सुझाव दिएको छ ।

विवाद सिर्जना हुने कुनै किसिमको गतिविधि नगर्न अलमुताइरीलाई सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ । एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षकलगायतलाई आफ्नो पदीय मर्यादालाई ध्यानमा राखेर कार्य गर्न समितिले निर्देश गरेको छ । खेलकूद क्षेत्रलाई धुमपान र मध्यपान निषेधित क्षेत्र बनाउनुपर्नेमा उक्त प्रतिवेदनमा जोड दिइएको छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कोही कसैलाई लक्षित गरेर धारणा राख्न अलमुताइरीलाई रोक्नुपर्ने सो प्रतिवेदनमा उल्लेख छ । अल्मुताइरीले राजीनामासम्बन्धी आफ्नो विवादास्पद धारणा फेसबुकमार्फत सार्वजनिक गरेकामा त्यसलाई अविलम्ब हटाउन समितिले राखेपलाई सुझाव दिएको छ ।

अलमुताइरीले गत साउन १० गते फेसबुकमार्फत आफ्नो धारणा राख्दै राजीनामा दिएका थिए । एन्फाका वरिष्ठ उपाध्यक्ष पंङ्कजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको धारणा अलमुताइरीले सार्वजनिक गरेपछि विवाद भएको थियो ।

विवादपछि राखेपले आफ्ना सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरेको थियो । उक्त समितिमा रोखेप सदस्य रेनुका श्रेष्ठ, सुवर्णकेशरी श्रेष्ठ र चन्द्रबन्दना राई, राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राखेप कानून शाखा प्रमुख नारायणराज अर्याल र राखेप सङ्घसंस्था समन्वय शाखा प्रमुख सरोजकुमार पोखरेल सदस्य रहेका थिए ।

समितिले सो क्रममा १४ जनासँग बयान लिएको थियो । प्रतिवेदनमा समितिले एन्फालाई १५ दिनभित्र आचारसंहिता बनाई राखेपबाट स्वीकृत गराई लागू गर्न सुझाव दिएको छ । सञ्चारकर्मी विभु श्रेष्ठ र विभा थापासँग प्रशिक्षक अलमुताइरीको विवादबारे दुवै पक्षलाई बोलाइ समाधान गर्नसमेत सो प्रतिवेदनले एन्फालाई निर्देश गरेको छ ।

आगामी दिनमा एन्फामा कुनै समस्या वा विवाद सिर्जना भए आफैँ समाधान गर्ने तथा नसके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराई राखेपलाई अनुरोध गर्न पनि सुझाव दिइएको छ । कुवेती नागरिक अलमुताइरी २०७७ चैतमा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार