असार २४, २०८२ मंगलबार July 8, 2025

सीपीएल टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा स्मार्ट बलको प्रयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हाल जारी रहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा स्मार्ट बल प्रयोग भइरहेको छ । कुनै पनि व्यावसायिक लिगमा स्मार्ट बल प्रयोग भएको यो पहिलोपटक हो । स्मार्ट बल अस्ट्रेलियाको बल बनाउने कम्पनी कुकाबुराले टेक इनोभेटर्स स्पोर्ट्स कोरसँग मिलेर बनाएको छ ।

यस बलभित्र माइक्रोचिप लगाएको छ । सेन्सर रहेको चिप भएको हुनाले यसले बलको गति, स्पिन, क्षमताको जानकारी दिन्छ । यसमा कम्पनीको दाबी छ कि, रियल टाइममा पाउने फिडब्याक कोच, खेल र यसको आधिकारिक काममा क्रान्तिकारी परिवर्तन ल्याउनेछ । यसका साथै यो खेलको अनुभवको पूरै तरिकाले परिवर्तन गरिदिनेछ ।

कसरी काम गर्छ ?

बलरले बल फ्याँक्नेबित्तिकै बलको भित्र लगाएको सेन्सर क्रियाशील हुन्छ । बलभित्र राखिएको चिपले बलको गति, स्पिन र क्षमता भिन्न भिन्न तरिकाले अवलोकन गर्छ र छिटै यसको जानकारीसमेत दिन्छ ।

बलरको हातबाट बल छुटेको समयमै गतिको डाटा, बल बाउन्स हुने अघिको प्रि बाउन्स गति र बाउन्स भएपछिको पोस्ट बाउन्स गतिको डाटा प्राप्त हुनेछ । बलरले फ्यालेको क्षमताको गति समेत यसले दिन्छ । यसको मतलब पहिलोपटक बलले कुरा गरेको भनेर पनि भनिएको छ ।

चिपको एपसँग लिंक

बलको कोरमा लगाएको चिप एक एपसँग लिंक हुन्छ । एपमा बटन थिचेपछि रेकर्ड शुरू हुन्छ । बलरले बल फँ्याकेपछि डाटा जम्मा हुन्छ । यो डाटा ब्लुटुथमार्फत् भुइँमा राखेको राउटरसम्म पुग्छ । त्यहीबाट क्लाउडमा पुर्‍याउँछ र यहीँबाट डाटा एपमा संख्याको रूपमा देखिनेछ । बल फ्याकिएको देखि लिएर अन्तिमसम्मको पूरै प्रक्रिया औसत ६ सेकेन्डमा देखाउँछ । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार