भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

‘गेम चेन्जर आयोजना’को सूची बनाउँदै सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले देशको अर्थतन्त्रलाई नै माथि उकास्न सक्ने ठूलो क्षमताका केही ‘गेम चेन्जर आयोजना’ अघि बढाउने भएको छ । यस्ता आयोजना छनोटको काम अहिले अन्तिम चरणमा रहेको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ ।

‘हामीले हरेक मन्त्रालय र प्रदेशबाट करिब आधा दर्जन मापदण्ड तोकेर आयोजना माग गरेका थियौं,’ आयोगका सदस्य सुशील भट्टले भने, ‘मापदण्ड पूरा गरी आएका आयोजनाको छनोट गर्ने प्रक्रिया अहिले चलिरहेको छ ।’
चालु आर्थिक वर्ष २०७६/७७ मा छनोट भइसक्ने यस्ता आयोजनामध्ये केही पुरानै हुनेछन् भने केही नयाँ छानिने छन् । चालु आर्थिक वर्ष १५ औं आवधिक योजनाको आधार वर्ष हो ।

‘हामीले १६ औं योजनाको तयारीसमेत आजैबाट थाल्नुपर्छ,’ भट्टले भने, ‘त्यसकारण दीर्घकालीन सोचसहित गेम चेन्जर आयोजना अगाडि बढाउन लागिएको हो ।’

कस्ता आयोजना छानिदैछन् ?

योजना आयोगले हरेक मन्त्रालय र प्रदेश सरकारबाट आफ्नो क्षेत्रको सबभन्दा प्रभावकारी, ठूलो र दीर्घकालीन आयोजनाको सूची मागेको थियो । आयोजनाले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य भूमिका खेल्नुपर्ने शर्त त्यस क्रममा राखिएको थियो ।

एउटै आयोजनाले जीडीपीमा कम्तिमा ०।५ देखि १ प्रतिशतसम्म योगदान गर्नुपर्ने शर्त आयोजना माग्दा नै राखिएको थियो । क्षेत्रगत रुपमा एउटै आयोजनाले कम्तिमा २० प्रतिशत योगदान गर्नुपर्ने शर्त छ । एउटा आयोजना बनिसकेपछि त्यसले पार्ने बहुआयामिक प्रभावलाई समेत शर्तका रुपमा हेरिएको छ । उक्त आयोजना बनिसकेपछि त्यसले अन्य क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई समेत मापदण्डमा समटिएको छ ।

सूची आयो, छनोट प्रक्रिया जारी

आयोगका अनुसार मन्त्रालय र प्रदेश सरकारबाट गेम चेन्जर आयोजनाको सूची आइसकेको छ । त्यसलाई योजना आयोगले तोकिएको मापदण्डमा राखेर छनोट गर्ने क्रम चलिरहेको छ । आयोजनाको सूची सानो हुने तर त्यसले मुलुकको अर्थतन्त्रमै दीर्घकालीन प्रभाव पार्ने सदस्य भट्टको दावी छ ।

खासगरी १५ औं योजनाले राखेको लक्ष्य, उद्देश्य पूरा गर्ने र २५ वर्षे दीर्घकालीन सोँचलाई सम्बोधन गर्ने गरी गेम चेन्चर आयोजना छनोट गर्ने तयारी छ । पाँचवर्षे १५ औं योजना अवधिभरमा कूल ९२ खर्ब रुपैयाँ खर्च गर्ने योजना सरकारको छ । सरकारले १५ औं योजनालाई समृद्धिको आधार वर्ष मानेको छ । अर्को १० वर्ष समृद्धिलाई तीव्र गति दिने र त्यसपछिको १० वर्ष समृद्धिलाई कायम राख्ने गरी दीर्घकालीन सोच २१०० को अवधारणा १५ औं योजनाको आधारपत्रमा समटेको छ ।

गेम चेन्जरमा नपर्ने आयोजना अब ‘राष्ट्रिय प्राथमिकता प्राप्त’

गेम चेन्जर आयोजनाका रुपमा छनोट भएपछि अब राष्ट्रिय गौरवका आयोजना भन्ने शीर्षकमा ठूला आयोजना भने रहने छैनन् । चालु राष्ट्रिय गौरवका आयोजनामध्ये गेम चेन्जर परियोजनाको मापदण्डमा पर्ने जति सूचीमा छानिने छन् भने बाँकी सबै आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहने छन् । अहिले पनि प्राथमिकता प्राप्त आयोजनाको सूची योजना आयोगले तयार पार्ने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
२०८३ भाद्र ३०, मंगलबार
खर्क तथा चरन क्षेत्रलाई रोजगारी सिर्जनासँग जोड्नुपर्छ : अध्यक्ष दाहाल
२०८३ भाद्र ३०, मंगलबार
आईतवारको बिदा कटौती गर्न सांसद ताहिर अली भाटको माग
२०८३ भाद्र ३०, मंगलबार
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह
२०८३ भाद्र ३०, मंगलबार
राहत र पुनः निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग
२०८३ भाद्र ३०, मंगलबार
Speaker Aryal, NC leader Angdembey meet
२०८३ भाद्र ३०, मंगलबार
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री
२०८३ भाद्र ३०, मंगलबार